सुनसरीको कोशी पुलबाट हाम्फाल्ने व्यतिको पहिचान : धरानका २७ वर्षको युवक सुनिल साह

01 July, 2025
557

सप्तकोशी न्युज । सुनसरी र उदयपुरको सिमानामा रहेको कोसी नदीको पुलबाट २७ वर्षीय सुनिल साह बेपत्ता भएका छन्।

धरान उपमहानगरपालिका वडा नं. १७ का बासिन्दा साहले दिउँसो ४ बजेर ३७ मिनेटको समयमा स्कुटर, हेलमेट, मोबाइल, र पर्स पुलमा राखेर नदीमा हाम फालेको सिसी टिभी फुटेजमा देखिएको छ।

साह को ९ प ९८६५ नम्बरको स्कुटरमा चतरातर्फबाट आएर पुलको बीचमा रोकेर हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि उनका मामा गोबानध्वज नेपाली घटनास्थलमा पुगेका छन् र उनले साहको पहिचान पुष्टि गरेका छन् ।   नोट : कोशी पुलमा फेरि अर्को घट्ना : कोशिपुल असुरछित , प्रसासनको ध्यानमा कम्जोड़ी  साथै बराहक्षेत्र नगरपालिका पनि गैरजिम्मेवारी देखिएको छ । वर्षमा धेरै पटक यस्ता घट्नाहरु भैरहेका छन् ।  कोशी पुल लाई सुरछित बनाउनु जरुरि देखिनछ।

TAGS

टिप्पणी