
इटहरी । राजनीतिक दलको भोट बैंकको रुपमा प्रयोग हुँदै आएको बराहक्षेत्र वडा नं. ६ र ९ (कोशी टप्पु) यतिखेर विकासका लागि चर्चामा छ । कोशी टप्पुबासीसहित समग्र बराहक्षेत्रमा पर्यटन, कृषि, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रमा समन्वयात्मक ढंगले काम गर्ने गरी आउनेहरुको ताँती लाग्न थालेको छ । यद्यपि यस्ता समझदारीपत्रहरु बेला बेला विवादित समेत हुने गरेका छन् ।
यस अघि पनि विभिन्न निकायहरुको ध्यान खिचेको उक्त क्षेत्रमा पछिल्लो समयमा भने लुम्बनी गार्डेन फाउण्डेशन नामक संस्था बराहक्षेत्र नगरपालिकासँग जोडिन आएको छ । सो फाउण्डेशन स्पेनका उपाध्यक्ष तथा नेपालका संरक्षकसमेत रहेका गोविन्द प्रसाद सुवेदी र बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले हस्ताक्षर गरेका छन् । सुवेदी त्यही कोशी टप्पुबासी पनि हुन जसको करिब ६ विगाहा जग्गामा खोला कुदेपछि उनी त्यहाँबाट विस्थापित भएको समेत बताउँछन् । जसले आफ्नो जन्मथलोप्रतिको आस्था, विश्वास र मायालाई संगाल्दै उक्त क्षेत्रको विकासका निम्ति विदेशी दातृ निकायलाई हुल्ने प्रयासको रुपमा बराह नगरपालिकासँग सम्झौतापत्रमा हस्ताक्षर गरेको बताएका छन् । उनले सप्तकोशी न्युजसँग कुरा गर्दै विशुद्ध सेवा भावबाट गरेको काममा नभएको सन्दर्भ जोडेर पवित्र उद्देश्यका साथ खोलिएको संस्थालाई नै आँच पु¥याउने गरी समाचार आउनु दुखद् रहेको बताए । उनी भन्छन– काम गर्नेलाई अनेकन प्रपोगाण्डा जोडेर बदनाम गरेपछि जसले बदनाम ग¥र्यो उसैले यो कामको थालनी गर्दा भइगयो नि ?
यता सो सम्झौतामा हुँदै नभएको सन्दर्भ बाहिर ल्याएर नगरपालिकालाई विवादित बनाएपछि नगरप्रमुख रमेश कार्कीको चैन पनि उडेको छ । स्पष्टिकरणका विज्ञप्तिदेखि सर्वदलीय बैठकसम्म बोलाएर सम्झौता सार्वजनिक गर्नुपर्ने अवस्थासम्म पुगे । आखिर त्यो सम्झौताका विषयमा जसरी प्रचारबाजी गरियो त्यस्तो भने नभएको हस्ताक्षरकर्ताको भनाईछ ।
यद्यपि सोही सम्झौतालाई लिएर हस्ताक्षरकर्ता फाउण्डेशनले ९९ सय वर्षका लागि उक्त क्षेत्रको २५ सय विगाहा जग्गा भोगचलनका लागि दिन सरकारसँग माग गरेको भन्ने प्रचारवाजीले हस्ताक्षरकर्ता दुवैलाई विवादमा ताने पनि उनीहरुलाई त्यसलाई अफवाह र कपोलकल्पित भएको बताउँछन् ।
नेपालको रुपन्देही जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको र स्पेनको राजधानी मड्रिडमा समेत दर्ता गरी अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेको संस्था लुम्बिनी गार्डेन फाउण्डेशनसँग बराहक्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकासका लागि दुई पक्षबीच सम्झौता भएको थियो । विशेष गरी पर्यटन र कृषिसहित अन्य सांस्कृति पक्षहरुमा ज्ञान, शीप र पुँजीको सहजीकरणका लागि एक आपसमा छलफल र समन्वयका आधारमा काम गर्दै जाने गरी गत जेठ २५ गते नगरपालिकाको सभाकक्षमा सो सम्झौता भएको नगरप्रमुखद्धारा सार्वजनिक गरिएको सम्झौताले बताएको छ ।
नगरप्रमुख कार्कीले नगरपालिकाको तर्फबाट र फाउण्डशेनको तर्फबाट नेपालका संरक्षक तथा स्पेनका उपाध्यक्ष गोविन्द प्रसाद सुवेदीले हस्ताक्षर गरेको सो सम्झौतामा उपप्रमुखसहित सबै वडाअध्यक्षहरु, कार्यकारी प्रमुख ऋद्धिप्रकाश सिटौलासहित केही समाजसेवी र पत्रकारहरुले समेत हस्ताक्षर गरेका छन् ।
सो विषयमा नगरप्रमुख कार्कीले ९९ वर्षका लागि २५ सय विगाहा जमिन बेचिदियो जस्तो अनर्गत, भ्रामक र कपोलकल्पित समाचारहरु मिडियामा आएपछि सर्वदलिय बैठक समेत बोलाएर यस विषयमा नगरप्रमुख कार्कीले प्रष्ट पारेका थिए । सो सर्वदलीय बैठकमा निश्चित समय र उद्देश्यका साथ लक्षित समुदाय र भुगोललाई समेटेर विकास निर्माणमा सहयोग पु¥याउने हो भने काम गर्नेलाई दिँदा फरक पर्दैन तर पुस्तौं पुस्ताले सराप्ने गरी एक जुगकै समय ९९ वर्ष तोकेर दिँदा त कसैका हितमा नहुने नेकपा एमाले बराहक्षेत्र नगरसमितिका सचिव राजेन्द्र कार्कीले बताए ।
स्पेनमा समेत काम गरिरहेको अन्तर्राष्ट्रिय स्तरको संस्थासँगमार्फत स्पेनसँग भगिनी सम्बन्ध सुधारका लागि खास गरेर कोशी पारीको (कोशी टप्पु) वडा नं. ६ र ९ लाई प्राथमिकतामा राखेर सम्झौता गरिएको नगरप्रमुख कार्कीले सर्वदलीय बैठकमा जानकारी दिए ।
सोही स्थानमा जन्मिएको व्यक्तिले आफ्नो जन्मस्थानका लागि विदेशी सहयोग जुटाउन खोज्दा लगाइएका यस्ता झुट्टा आरोपका कारणले कोसीटप्पुबासी मात्र नभएर समग्र बराहबासीको भाग्य लुटिएको फाउण्डेशन नेपालका संस्थापक तथा स्पेनका उपाध्यक्षले दुखेसो गरेका छन्। नत त्यो संसदमा गएको छ, न त्यो पालिकासँग गरिएको सम्झौतामा कुनै मिति उल्लेख छ तर त्यहाँ विगाह नै उल्लेख छ । त्यहाँ त मात्र मिलेर एक आपसको समन्वयमा काम गर्ने भनेर गरिएको समझदारी पत्र रहेको उनले बताएका छन् ।
सो क्षेत्रलाई कोशी प्रदेशकै महत्वपूर्ण धार्मिक, सांस्कृतिक गन्तव्यका रुपमा परिणत गराउन यस अघि नै प्रदेश सरकराले सिने सिटीको अवधारणा ल्याएर डिपिआर तयार गरी कार्यक्रम अगाडि बढाइरहेको सन्दर्भलाई पनि बिर्सन हुँदैन । त्यसपछि चाइनिज कम्पनीहरुले पनि उक्त क्षेत्रमा आँखा लगाएका विषय आएकै हुन र अहिले संस्थासँग सम्झौता गरेर बराहक्षेत्र नरपालिकाले समेत काम अगाडि बढाउने जमर्कोमाथि ब्रेक लगाउने उद्देश्यका साथ अनर्गत प्रचार गरेर बराहक्षेत्रलाई चर्चाको शिखरमा पु¥याएको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी