इटहरीमा आफ्नै घरमा बसेर घरभाडा लिदै मन्त्री भण्डारी
इटहरी | कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले इटहरी उपमहानगरपालिका स्थित आफ्नै घरमा बसेर कोशी प्रदेश सरकारसँग घरभाडा असुली लिदै आएको तथ्य फेला परेको छ ।
सुनसरीको इटहरीमा घर भएका मन्त्री भण्डारी मन्त्री भएपछि आफ्नै घरबाट आउजाउ गर्छन् । आफ्नै घरमा बस्ने उनले राज्यबाट आवास सुविधा भन्दै मासिक २९ हजार रुपैयाँ बुझिरहेका छन् । २०८१ मंसिर १७ गते मन्त्री बनेका भण्डारीले विगत १० महिनाको अवधिमा घरभाडा बापत मात्रै २ लाख ९० हजार रुपैयाँ बुझिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।प्रदेशका मन्त्रीले मासिक पारिश्रमिक ६१ हजार ३६०, सञ्चार सुबिधा मासिक २ हजार ५००, धारा विजुली मासिक २ हजार ५०० रुपैयाँ पाउने व्यवस्था छ । मन्त्री भण्डारीले सबै गरेर मासिक ९५ हजार ३६० रुपैयाँ बुझिरहेका छन् ।
मन्त्रीहरुलाई आवास उपलब्ध गराउने र आवास उपलब्ध नभएमा मासिक २९ हजार घरभाडा उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर, मन्त्री भण्डारीले घरभाडा नबसी आफ्नै घरमा बसेर घरभाडाको रकम बुझिरहेको पाइएको छ ।प्रदेशसभाका सदस्यहरुको सेवा तथा सुविधा सम्बिन्ध ऐनमा विराटनगर र आसपास घर भएकाहरुलाई घरभाडा उपलब्ध नगराउने व्यवस्था छ ।
मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक सेवा सुविधा सम्बन्धि ऐनमा त्यसबारे स्पष्ट उल्लेख नगरेको कारण मन्त्री भण्डारीले घरमै बसेर घरभाडा बुझेका हुन् ।आफ्नै घरमा बसेर सरकारी कोषबाट घरभाडा लिनु नैतिक रूपमा भ्रष्टाचार हो । मन्त्री भण्डारीले आवास सुविधाको दुरुपयोग गरी राज्यलाई आर्थिक भार थपिदिएका छन् । एकातिर प्रदेश आर्थिक संकटबाट गुज्रिरहेको छ, अर्कोतिर जनताको करबाट तलब–भत्ता खाने मन्त्रीहरू नै यसरी राज्यकोषको दोहनमा लिप्त देखिएका छन् ।आफ्नै घरमा बसेर सरकारबाट घरभाडा बुझ्ने मन्त्री भण्डारीले कानुनमा तोकिएको सुविधा लिएको जिकिर गरेका छन् । ‘मलाई त मन्त्री भएपछि घाटा छ । घरमा तीन वटा कोठा मात्रै थिए, मन्त्री भएपछि पिएसओ राख्नका लागि माथिल्लो तलामा एउटा कोठा थप्दा ६ लाख भार थपिएको छ’ उनले भने ।
राजनीति गर्नेले “कानुनमा छ” भन्दैमा आफ्नै घरमा बसेर भाडा लिनु अनुचित भएको भन्दै एमालेकै सांसदहरुले मन्त्री भण्डारीको नैतिकतामाथि प्रश्न उठाएका छन् । ‘मुख्यमन्त्रीको नजिक भएपछि जे गरेपनि हुन्छ भन्ने मन्त्री भण्डारीलाई लागेको छ’ एक सांसदले भने, ‘
TAGS
शेयर
सम्बन्धित समाचार
धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट
नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध
ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे
पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे
पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता
संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले
केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने
इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............
कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल
दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार








टिप्पणी