गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार

01 July, 2025
181

सप्तकोशी न्युज डेक्स

काठमाडौं । नेपालका चर्चित लोक दोहोरी गायक प्रकाश सपुतमाथि बियरको क्यानले प्रहार भएको छ ।

रोमानियामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गर्दा सपूतमाथि बियरको क्यान प्रहार भएको हो ।

गायक सपुतलाई क्यान प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा सपुतले गीत गाइरहँदा बेला अचानक दर्शक दिर्घाबाट बियरको क्यानबाट प्रहार भएको देखिन्छ ।

उनको अनुहारमै बोतल लागे लगत्तै सपूतले हातले मुख छोप्दै स्टेज छाड्छन् । आयोजकले तत्काल बोतल प्रहार गर्नेलाई समातेका थिए ।

TAGS

टिप्पणी