
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईवटा जहाज किन्ने प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको नेतृत्वको टोलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार गरेको व्रिफिंगका सन्दर्भमा प्रधानमन्त्रीले जहाज खरिदको प्रस्ताव ल्याउन आदेश दिएका हुन्।
निगमका तर्फबाट काठमाडौंदेखि विराटनगर, भद्रपुर, नेपालगञ्ज, भैरहवा, पोखराजस्ता ट्रंकरुटमा चल्नेगरी निगमले तत्काल दुईवटा एटीआर ७२ जहाज थप गर्नुपर्ने गरी प्रधानमन्त्रीलाई व्रिफिङ गरिएको थियो।
यी सेक्टरहरुमा निजी वायुसेवा कम्पनीहरुले मात्र उडान गर्दा सर्वसाधारण यात्रुहरुलाई भाडादर महँगो पर्न गएको अवस्थामा निगमले जहाज ल्याएर व्यवस्थित उडान गर्न सके निजी कम्पनीको भाडामा हुँदै आएको मनोमानी पनि रोकिने तर्क गरिएको थियो।
निगमले दुर्गम भेगमा उडान भर्नका लागि पनि दुईवटा नयाँ ट्वीनअटर जहाज खरिद गर्न अनुमतिका लागि प्रधानमन्त्रीसमक्ष आग्रह गरेको थियो।
हाल चालु एकमात्र ट्वीनअटरले ती क्षेत्रहरुमा उडान भर्न कठिनाई परेको, अर्को एउटा मर्मतमा रहेको र थप दुई खरिद गर्न पाए कम्तिमा तीन जहाजले नियमितरुपमा दुर्गम क्षेत्रहरुमा उडान भर्न सकिने गरी निगमले व्रिफिंङ गरेको पर्यटन मन्त्रालयका एक उच्चअधिकारीले डिसी नेपाललाई बताए।
उनका अनुसार, सो अवसरमा पर्यटनमन्त्री, सचिवलगायत उच्च पदस्थहरुको उपस्थिति थियो। अध्यक्ष अधिकारीको नेतृत्वमा निगमले गत बर्षमात्र नाफा कमाई करोडौं रकम व्याज तिरेको थियो।
निगमले सरकारसँग जहाज किन्न पैसा होइन हाल महँगो व्याजमा लिइएको ऋणलाई सफ्ट लोनमा परिणत गरिदिएमात्र पुग्ने प्रस्ताव गरेको छ।
नाफा कमाएको रकम व्याजतिर्दै ठिक्क भएकाले सफ्ट लोनको व्यवस्था गरिदिए जहाज खरिद गर्ने रकम पनि आर्फैं जुटाउने निगमको प्रस्ताव रहेको मन्त्रालयका एक अधिकृतले बताएका छन्।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी