सप्तकोशी न्युज संवाददाता

सर्लाही । सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिको बिरोध पछी स्थगित गरिएको बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ । बाल विवाह सन २०३० सम्म अन्त्य र बालिकालाई सक्षम बनाउने उदेश्यका साथ आज(शनिवार) नाढीमन तालमा हुने बालिका सम्मेलन गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं. ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का वडा अध्यक्ष सुर्यवंश राय, वडा नं. ४ का वडा अध्यक्ष राजिव सिंह , वडा नं. ३ का वडा अध्यक्ष सिताराम महतो लगायतका व्यक्तिहरुले शुक्रवार गाउँपालिकाको कार्यालय अगाडी बालिका सम्मेलन स्थगित गर्न माग गरेपछी बालिका सम्मलेन स्थगित गरिएको थियो ।

बालिका सम्मेलन स्थगित भएपछि बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरु लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ । बालबालिकाहरुले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइदैन,बाल बिबाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइदैन,बालिका बिरोधी जनप्रतिनिधि तथा नेता चाहिदैन, लगायतको नारा घनकाउँदै प्रदर्शन गरेको छ । चन्द्रनगरको कुना कुनाबाट बालबालिका तथा महिलाहरुको जनसागर ओर्लिएर बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने विद्यार्थी कल्याणी कुमारी चौधरीले बालिका सम्मेलन भएन भने चन्द्रनगर गाउँपालिका कार्यालय तथा गाउँपालिका अन्तर्गत रहेको ७ वटै वडामा तालाबन्दी गर्ने बताए । उपाध्यक्ष गीतादेवी महतो महिला भएर पनि महिला तथा बालिकाहरुको हक अधिकार खोसेर बालिका सम्मेलन स्थगित गराउन आन्दोलन गर्नु घिन लाग्दो विषय बनेको छात्रा कल्याणीले बताइन । उपाध्यक्ष महिला भएर पनि फोहरी राजनैतिक गरेको, भागबण्डाको राजनैतिमा बालिका सम्मेलन स्थगित गराएको कल्याणीले बताइन । बालिका सम्मेलन नभए तालाबन्दीको साथसाथै कडा आन्दोलन समेत गरिने कल्याणीले बताइन ।

प्रदर्शन गर्न आउनी भएकी अर्का महिला जैमन देवी माझीले चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले विकास गर्न खोज्दा तथा बालिका हितमा काम गर्न खोज्दा कुन लोभले उपाध्यक्ष महतोले बालिका सम्मेलन स्थगित गराएको हो प्रश्न गर्दै गुनासो पोखिन ।

विद्यावारिधी गरिरहेकी नेपालमा महिलाहरुमा हुने महिनावारीको विषयमा रिसर्च गर्न आएकी लण्डन निवासी छात्रा अविगेलले महिला पुरुष सम्मान हुन र महिला तथा बालिका उत्थानको लागि गरिने कार्यक्रम स्थगन हुनु दुखद भएको बताइन । महिला अधिकारकर्मी सुधा पौडेल एउटा महिला उपाध्यक्षले महिला तथा बालिका हितको लागि हुने कार्यक्रम स्थगन गर्न दुखद भएको बताए ।

" /> Saptakoshinews

जनप्रतिनिधिको बिरोध पछी स्थगित गरिएको बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन

01 July, 2025
191

टिप्पणी