
सप्तकोशी न्युज डेक्स
इटहरी । माया, मोह, धन दौलत त्यागेर सन्यासी बनेका व्यक्तिलाई यति धेरै धनको मोह किन हुन्छ ? बालयौन दुराचार र बलात्कार आरोप लागेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गर्यो। त्यसबारे जानकारी दिन बुधबार दिउँसो ब्यूरोले गरेको पत्रकार सम्मेलनमा बम्जन पक्राउ पर्दाको विवरण र बरामद भएका सामानहरूबारे जानकारी दिइयो। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आफूलाई ‘लिटिल बुद्ध’को रूपमा समेत चिनाएका बम्जनको शोखको खुलासा गर्यो।
प्रहरीले उनको साथबाट करोडौं रकम र करोडौं मूल्य पर्ने गाडी बरामद गर्यो। सर्लाही जिल्ला अदालतबाट बालयौन दुराचार र बलात्कार मुद्दामा उनी विरुद्ध २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। अदालतको आदेशअनुसार प्रहरीले ‘लिटिल बुद्ध’ भनेर चिनिने बम्जनको खोजी जारी राखेको थियो। त्यसबीचमा उनी विरुद्ध अन्य जिल्लामा पनि बेपत्ता र बलात्कारको उजुरी दायर भइरहेको थियो। त्यस क्रममा प्रहरीले मंगलबार विशेष सूचनाका आधारमा काठमाडौंको बुढानीलकण्ठ ६ टनगाउँस्थित उनको घरबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। प्रहरी आएको थाहा पाएपछि उनी घरको चौथो तलामा रहेको दक्षिणको झ्यालबाट भिरालो जमिनमा हामफालेर भाग्न खोजेका थिए।
सोही क्रममा उनी पक्राउ परेका हुन्।प्रहरीले उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार पाँच सय रूपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रूपैयाँ बराबरको विभिन्न विदेशी मुद्रा बरामद गरेको छ। त्यसका अलावा १४ थान मोबाइल, २० थान पेनड्राइभ, ३ थान मोटरसाइकलको बिलबुक, टोयटा हाइलक्स गाडीको चावी, भ्वाइस रेकर्डर, २ थान मेमोरी कार्ड, २ थान ल्यापटप, ५ थान आइप्याड र अन्य विभिन्न कागजात पनि प्रहरीले बरामद गरेको छ। अनुसन्धानकै क्रममा प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको तुला राम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी प्रयोग गर्ने गरेको तथ्य खुलेको प्रवक्ता अधिकारीले बताए। यस्तै बम्जनको प्रयोगका लागि ललितपुर बौद्ध श्रवन धर्म संघका अध्यक्ष पनित महर्जनको नाममा पाँच करोडमा सेतो रङको ल्यान्ड क्रुजर जेडएक्स गाडी बुक भएकोमा तीन करोड भुक्तानी भई खरिदको क्रममा रहेको खुल्न आएको छ।
बम्जनले क्रसफायर बाइक, केटीएम ड्युक बाइक, यामाहा रे जेडआर स्कुटर समेत चारवटा मोटरसाइकल र स्कुटर प्रयोग गर्ने गरेको आचार्यले बताए। प्रहरीले बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको र त्यसलाई अझ तीव्रता दिनेसमेत बताएको छ। आचार्यका अनुसार बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा उपस्थित गराएर म्याद थपिने र उनको निवासबाट फेला परेको नगदबाट अलग्गै अनुसन्धान हुने बताए।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी