दुर्घटनाको जोखिम बढ्यो कर्णाली नदीका पुलमा टिकटक बनाउनेको भीडल

01 July, 2025
200

सप्तकोशी न्युज डेक्स

कैलाली । कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएका छ ।

पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरु हुनसक्ने जोखिम बढेका हो । चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भएपनि बीच सडकमै टिकटक बनाउनेहरुका कारण जोखिम बढाएका हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रुपमा लिन्छ । पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भएपनि आवश्यक शतर्कता अपनाउन नसक्दा समस्या भएका हो । कर्णाली नदीका पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाई भाइरल बन्न चाहनेहरुका क्रियाकलापका कारण सवारी आवागमनमा नै समस्या पर्ने गरेका चालकहरु बताए । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार त पुलमा सवारी पास गर्न समेत समस्या हुने गरी टिकटक बनाउनेहरुले भरिने बताए ।

पछिल्लो समय कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या प्रतिदिन बढ्न थालेका छ । २०५० सालमा जापानिज कम्पनीले निर्माण गरेको सो पुलको तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले उद्घाटन गरेका थिए । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याएका छ । तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएका छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बार ५सय मिटर र १० मिटर चौडाई रहेका छ । पछिल्लो समय कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या समेत बढ्दै छ ।


TAGS

टिप्पणी