सरकारी रवैयाले राजावादीको आन्दोलन हिंसात्मक, ५३ पक्राउ, २ जनाको मृत्यु, दर्जनौ घाइते, सडकमा सेना परिचालन

12 July, 2025
367

काठमाडौं । सरकारको चाहना अनुसारको आन्दोलन भएको छ । सरकारले जे चाहि राखेको थियो त्यो भयो । केही हिंसा होस र यिनीहरुलाई आवश्यक कारवाही गर्न सहज होस भन्ने बाटो नै सरकारको रोजाईमा परेकाले सरकारले आन्दोलनलाई भड्काउने रणनीति लियो । लाखौं जनता सडकमा निस्कने होहल्ला अगाडिदेखि हुँदै गर्दा पनि सरकारको वेवास्ताका कारण राजावादीको आन्दोलनमा अप्रिय घटना हुन पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लै दिन भन्दै थिए– भोलि के के हुन्छ जस्तो गरेर आतंक फैलाएका छन तर केही हुँदैन, १०–१५ हजार मान्छे एक ठाउँमा भेला हुन्छन, उफ्रिन्छन जान्छन भन्ने प्रधानमन्त्री बोली अन्ततः फेल मात्र भएन सेना नै सडकमा उतान बाध्य हुनु परेको छ । निहत्था युवकको ज्यान गएको छ । सञ्चारकर्मी, मिडिया हाउस, व्यवसायिक भवनमा आगजनी र लुटपात भएको छ । सडकमा लाखौं झरेको आँकलन सरकारले ४ हजारमा सीमित बनाउँदा पनि ४ हजारलाई नियन्त्रण गर्न नसक्ने सरकार चाहि कस्तो सरकार हो । फेरी राजतन्त्र पक्षधरका नवराज सुवेदी जब मञ्चमा आएपछि सुरक्षाकर्मीले किन टियरग्यास फाल्यो– त्यो अराजकताको कारक यहि थियो अन्ततः शान्तिपूर्ण प्रदर्शन भनिएको मास हिंसामा परिणत भयो । यसको सम्पूर्ण जिम्मा सरकारले लिन पर्दछ । सरकारले सबैतिर शान्ति सुव्यवस्था कायम गर्न सकेको भए सम्भवतः २ जनाको मृत्यु, आगजनी, तोडफोड र लुटपाट हुने थिएन । हत्या र हिंसात्मक गतिविधिप्रति घोर आपत्ति छ, निन्दनीय छ, भत्र्सनायोग्य छ । सञ्चारकर्मी मित्र र सर्वसाधारण मृतक भाईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

सरकारको लापरवाही र वेवास्ताले शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलन हिंसात्मक बनेको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए  । आन्दोलनका क्रममा दूई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले तीनकुनेका स्थानीय घरमा आगो लगाएपछि त्यहाँभित्रबाट लाइभ गरिरहेका एभिन्युजकर्मी सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रजक आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौँको सिडियो ऋषिराम तिवारीलाई पटकपटक फोन गरेको तर उनीहरूले कुनै  जिम्मेवार जवाफ नदिएको बताएका छन् । पछि रजक उक्त आगलागीमा नपरेको जवाफ सुरक्षाका अधिकारीले दिएका दिए । तर, अहिले गृह स्रोतले नै घटनामा परी जलेका व्यक्ति एभिन्युजका भिडियो पत्रकार रहेको पुष्टि गरेको छ । यसैगरी प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ । महर्जनको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आन्दोलनमा तीन जना गम्भीर घाइते भएकोमा महर्जनको मृत्यु भएको हो । तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। अहिले तीनकुनेलगायत आसपासका कफ्र्यु लगाइएको र नेपाली सेनाले गस्ति गरिरहेको छ ।

राजावादीहरु एकत्रित भएको तीनकुनेको एउटा घरको छतबाट प्रहरीले अश्रूग्यास प्रहार गरेपछि आन्दोलन नियन्त्रणबाहिर गएको राजावादीको आरोप छ । तर सुरक्षाकर्मीले भने राजावादीहरुले नयाँ बानेश्वरतर्फको निषेधित्र क्षेत्र तोड्न खोजेपछि त्यहाँ राजावादी समर्थकहरू र प्रहरीबीच झडप भएको बताएको छ ।  सो आन्दोलनको मुख्य कमाण्डर दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढ्यो । त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ भने लाठीचार्जसमेत गरेको छ । जवाफमा आन्दोलनकारीले पनि ढुंगा प्रहार गरेका छन् ।

TAGS

टिप्पणी