
सप्तकोशी न्युज डेक्स
बर्दिया । सरकारले करोडौ लगानी गरेका आयोजनाहरुमा थोरै ध्यान समेत पुर्याउन नसक्दा लगानी डुब्ने खतरा बढेको छ ।
सरकारी बेवास्ताका कारण पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तिघाटमा निर्माण गरिएको पुल जोखिममा परेको छ । पुलका स्पानहरु ९पिलर० फाटेर ग्याप बढेको छ ।
वर्षा याममा कर्णाली नदिमा पानीको सतह बढेपछि सत्तीघाट पुल जोखिममा परेको भन्दै तटबन्ध र स्पान थप गर्नुपर्ने कुराहरु चल्ने गर्दछन । तर, पानीको सतह कम भएसँगै ती कुराहरु एकाएक सेलाउछन् । कर्णाली नदीमा पानीको सतह कम भएको बेला सरकारले सत्ति पुल बचाउन तदारुकता देखाउनुपर्ने हो तर, नदी निदाएको बेला सरोकारबाला निकाय पनि निदाउने गर्छन् ।
नेपाल सरकारको विकास बजेटअन्तर्गत करिब ४५ करोडको लागतमा निर्माण भएको ५ सय ३१ मिटर लम्बाइको पुल बाढीले बगाउने हो कि भन्ने चिन्ता बढेको राजापुर ४ की स्थानीय रुक्मणी चौधरी बताउनुहुन्छ । लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश जोडने सत्ती पुलको अन्तिम पिलरसँगै बनाइएको तटबन्धको तारजाली वर्षेनी भाँसिदै जाने गरेको छ । कर्णाली नदीमा राजापुर क्षेत्रतर्फ धार परिवर्तन गरी पानी बग्न थालेकाले पुलको किनार भासिने खतरा बढेको छ । पानीको सतह बढेसँगै नदि किनार हुदै तलबाट कटान हुने र ठूला ठूला प्वाल पारि आवतजावत समेत ठप्प हुने गरेको छ । रसुवा जेभि कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको पुल जोखिममा पर्दा समेत कसैको ध्यान जान नसकेको राजापुर ४ का स्थानीय राजेन्द्र कुमार वैश्यको गुनासो छ ।
पुल निर्माणका क्रममा स्पानको संख्या कम हुँदा पटक–पटक पुलमा क्षति पुगेको छ । करोडौंको लगानीको पुल जोगाउन स्थानीयले बेलैमा ध्यान दिन आग्रह गर्दै आएका छन् । बर्दिया र कैलालीको सेतुको रुपमा रहेको पुलको राजापुर तर्फको पहिलो र दोश्रो स्पानको विचमा धसिएर पुलनै बाङ्गो भएपछि यो पुलपनि जव्दी घाट पुलजस्तै हुने होकि भन्ने स्थानीयको चिन्ता छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले कर्णाली नदि नियन्त्रण आयोजनाले तटबन्ध गरि पुललाई जोखिमबाट बचाउने प्रयास गरिरहको बताउनुभयो । पुलको पूर्वी राजापुर तर्फको किनारामा एउटा पिलर थप गर्नुपर्नेमा तटबन्धको भरमा छाँडीदा सत्ती पुल नदी कटानको जोखिममा परेको थियो । पुलमा बढी क्षति हुन नदिन र यसलाई टिकाउ बनाउन बेलैमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी