नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

29 October, 2025
275

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएका शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको हो।

प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित सरकारका सचिव टेकनारायण पाण्डेलगायतका व्यक्ति पक्राउ परिसकेका छन् । नेकपा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी गरेपछि बेपत्ता हुनुभएको छ ।

TAGS

टिप्पणी