
सुनसरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि ‘हाजिरी’ तयार पारेर श्रमदानको नाममा नगरपालिकाबाट अनियमित रूपमा भुक्तानी वितरण गरिएको आरोप लागेको छ।हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल बनेको छ, जहाँ एउटै व्यक्तिको हस्ताक्षरजस्तो देखिने समान शैलीका हस्ताक्षरहरू पटक–पटक दोहोरिएको पाइन्छ। उक्त हाजिरी खाता प्रयोग गरी श्रमदान गरेको भनिएका व्यक्तिहरूलाई नगरपालिका स्रोतबाट पैसा बाँडिएको भन्दै गम्भीर प्रश्न उठाइएको छ।स्रोतहरूका अनुसार सर्दु जलाधार संरक्षण तथा खोलानाला नियन्त्रणको नाममा मेयर साम्पाङले अगुवाइ गरेको श्रमदान कार्यक्रममार्फत निकटस्थ कार्यकर्ताहरूलाई पैसा उपलब्ध गराइएको हो।डोर हाजिरी कागज बनाई श्रमदानको नाममा भुक्तानी गरिएको आशङ्का गरिएको छ।
यसबाहेक, नगरपालिकाको बजेटबाट सामग्री खरिद गरी श्रमदान कार्यक्रममा प्रयोग गरिएको तर खरिद प्रक्रिया पारदर्शी नभएको आरोपसमेत उब्जिएको छ।
विदेशबाट सङ्कलन गरिएको चन्दा रकमसम्बन्धी हिसाब पनि अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै स्थानीय समुदाय, जनप्रतिनिधि र कर्मचारी तहमा असन्तुष्टि बढ्दो छ। मेयर साम्पाङले आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्दै केही असन्तुष्ट समूहहरूले विकास र जनपक्षीय काममा अवरोध गर्न नियोजित षड्यन्त्र गरिरहेको जिकिर गरेका छन्।धरान उपमहानगरभित्र मेयर र उपमेयरबिचको चर्किएको द्वन्द्व, नगर सञ्चालनमा देखिएको असमझदारी र अहिले सार्वजनिक भएका आर्थिक अनियमितताको आशङ्काले नगर प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्। स्थानीयवासीले छानबिनको माग गर्दै सम्पूर्ण विवरण सार्वजनिक गर्न दबाब बढाएका छन्।
TAGS
शेयर
सम्बन्धित समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी