दुहबीमा आगामी बुधबार देखी सड्क पेटिमा तरकारी तथा माछा मासु बिकृ गर्न नपाइने, नगरप्रमुखले ब्यवस्थित गुद्रीबजारको उद्घाटन गर्ने

01 July, 2025
380

सप्तकोशी न्युज ( सुलभ रिजाल )

इटहरी ।दुहबी नगरपालीका का नगर प्रमुख बेद गच्छादारले  आगामि पौष  १८ गते  नवनिर्मित  दैनिक गुद्री बजारको उद्घाटन गर्ने भएका  छन ।   लामो समय देखि  दुहबीका सडकपेटीमा  ब्यापारिहरुले  अब्यबस्थित तरिकाले  सन्चालन गर्दै आएका  तरकारि, फलफुल तथा मासुजन्य पदार्थका ब्यापार हरुलाइ ब्यवस्थित  तरिकाले   सन्चालन गर्न र    उपभोक्तालाइ सहज र सरल  तरिकाले खरिद बिकृगर्न   सहज होस     भनेर  आबस्यक  ठानि    नगरपालीकाले    लाखौ  रकम  खर्चिएर  दुहबी ४ मा   दैनिक गुद्री बजार सन्चालनमा ल्याउने  तयारि  गरेको छ।   

दुहबिको  साघुरो सडकको पेटिमा  कस्टकर तरिकाले  आफ्नो ब्यापार चलाउदै आएका ब्यापारिहरुलाइ  ब्यबस्थित  गर्नु र  सडक आवत जावत गर्न  सहज पार्नु  नगरपालीकाको कर्तब्य  रहेको महशुस  गरि नगर प्र्मुख गच्छादारले  बिगतमा नै  गुद्री  सारेको  भएपनि कोभिड  का कारण पुन  अब्यबस्तित बन्न पुगेको थियो ।   गच्छादारले  ४ बर्ष अगाडि   नै  साप्ताहिक हटिया  स्तानान्तरण गरिसकेका छन्।   दैनिक गुद्री बजार  सन्चालनमा  आएपछि   दुहबी बजारले  नया मुहार लिनेमा स्थानियहरुको बिस्वास छ।   

आज  नगरपालीकामा  बजार स्तानान्तरण गर्न  सहजिकरण र समन्वयन का लागी  उद्योग बाणिज्य संघ दुहबी,  ब्यापार संघ,   वडा नम्बर ३,४,५,६ का अध्यक्ष   ,    इलाका प्रहरी  दुहबी,  ससस्त्र प्रहरी  दुहबी,  ट्राफिक प्रहरी,  नगर प्रहरी लगायत सरोकारवाला सग  छलफल  भएको थ्यो।     नगर प्रमुख गछ्दारले  सबै निकायहरुलाइ आ आफ्नो जिम्बेवारी  तोकिदिएका छन्।

TAGS

टिप्पणी