पर्सा १३ नम्बर गणका सशस्त्र प्रहरीका गणपतिको हृदयघातबाट निधन

01 July, 2025
241

सुनसरी । हृदयघातबाट सशस्त्र प्रहरी उपरीक्षकको निधन भएको छ । सशस्त्र प्रहरी बल पर्सा १३ नम्बर गणका गणपति सुमन थपलियाको निधन भएको हो।

४४ वर्षीय थपलिया शनिबार बिहान १० बजेतिर कार्यालय पुग्नुभएको थियो । उहाँ साइकलमार्फत कार्यालय जानुभएको थियो । कार्यलय पुगेपछि छातीमा अप्ठेरो महसुस भएको बताउनुभएको थियो । त्यसपछि बेहोस हुनुभएका उहाँलाई वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पताल लगिएको थियो । उपचारका क्रममा १ बजेतिर थपलियाको निधन भएको पर्सा प्रहरीका प्रमुख एसपी कोमल विक्रम शाहले जानकारी दिनुभएको छ।

पोस्टमार्टमपछि उहाँको शवलाई अन्तिम संस्कारका लागि काठमाडौं ल्याइएको छ।

टिप्पणी