इटहरी । कोशी प्रदेशको नमुना तथा अब्बल, गुणस्तरीय, व्यवहारिक तथा जीवनोपयोगी शिक्षा दिईरहेको इटहरीमा सञ्चालनमा रहेको विद्यालय श्री जनता माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएसँग आएको एसईईको नतिजा प्रकाशनपश्चात कक्षा ११ का लागि फारम लिनेको भिड लागेको छ । 

विद्यालय व्यवस्थापनका अध्यक्ष काशीनाथ दंगालका अनुसार पहिलो दिन नै २ सय बढीले फर्म लगेको बताए । दंगालका अनुसार विद्यालयले यस पटक १ हजार जना विद्यार्थी थप गरेर ४ हजार विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्य बमोजिम विद्यार्थीको भिड लागेको जानकारी दिए । 

जनता मावि इटहरीको इच्छा, सामजिक उतरदायीत्व सहितको प्रविधीमैत्री व्यवहारीक र जिवन उपयोगी शिक्षा ू भन्ने उदघोषका साथ इटहरीलाई नै शैक्षिक हव बनाउने र विराटनगर तथा धरानसम्म पुगेर विद्यार्थीले अध्ययन गर्नुपर्र्ने बाध्यतालाई तिस्तेज तुल्याउने उद्देश्यका साथ अगाडि बढेको अवस्थामा नयाँ भर्नाको लागि भिड हुन थालेको दंगाल बताउँछन् । 

बिज्ञान,शिक्षा, मानवीकी, व्यवस्थापन विषयका कक्षाहरु पढाइ भइरहेकोमा यो वर्षदेखि कानुन विषय थप भएपछि बिगत भन्दा यो वर्ष अझ भर्ना हुन् आउने विधार्थीको संख्यामा दोब्बर बृदी भएको विधालयले जनाएको छ ।    

दिनानुदिनको वढ्दो सुधार र पठन पाठन उत्कृष्ट वन्दै गए पछि विद्यार्थीकोआकर्षण बढेको प्रध्यानाध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो । भर्ना हुनको लागि स्थानीय मात्रै नभै छिमेकी जिल्ला र पाहाडी जिल्लाहरुबाट पनि भर्नाका लागि आउने विधार्थीको संख्या धेरै रहेको छ । भर्नाका लागि आवेदन दिने विधार्थीको संख्या बढ्दै कारण विद्यालयले भर्नाका लागि असार ३० गते अनिवार्य प्रवेश परीक्षाको व्यवस्था गरेको छ । प्रवेश परीक्षामा फेल भएका विद्यार्थीहरु मात्र अन्य नीजी बोर्डिङ स्कुलमा जाने गरेका छन् ।

कक्षा ११ र १२ मा गरेर हाल ८ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयलृे जनाएको छ । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ ।  एक हजार जना थप विद्यार्थी भर्ना लिने तयारी रहेको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले वताउनु भयो । उहाँले भन्नु भयो, ‘‘भवन र कोठा अभावमा हामीले धेरै विद्यार्थी भर्ना लिन सकिरहेका थिएनौं, ‘यो पटकदेखि हामी प्लस टुमा मात्रै दुई हजार जना विद्यार्थी भर्ना लिने तयारीमा छौं ।’ विद्यालयमा विज्ञान विषय अध्ययन गर्नेका लागी ९ वटा कोठाको अत्याधुनीक सुविधा सम्पन्न ल्याबको निर्माण अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ ।

यसपालीको एसईई परीक्षामा सहभागि २९९ विद्यार्थीमध्ये ११ जनाले ९० प्रतिशत भन्दा धेरै, ७२ जनाले ८० देखि ९० प्रतिशत, ९२ जनाले ७० देखि ८० प्रतिशत, ७७ जनाले ६० देखि ७० प्रतिशत र बाँकी सबैले ५० प्रतिशत भन्दा माथि अंक ल्याएका छन् ।

" /> Saptakoshinews

श्री जनता मावि इटहरीमा विद्यार्थीको चाप बढ्दो, दैनिक २ सय बढी फर्म वितरण हुँदै

01 July, 2025
211

टिप्पणी