हेटौंडाका एक व्यक्तिले एक करोड ५० लाख निजी लगानीमा मन्दिर निर्माण

29 October, 2025
511

सप्तकोशी न्युज संवाददाता

मकवानपुर । हेटौंडाका एक जना समाजसेवीले रु एक करोड ५० लाखको लगानीमा मन्दिर निर्माण गरेका छन् । हेटौंडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाकोे नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गरेका हुन् ।

सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गर्नुभएका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गरे। व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बनेका उनी वाल्यकालदेखि नै धर्मकर्ममा लागेका हुन्। भगवान्को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उनले बताए ।

व्यवसाय गरेर प्रशस्त आम्दानी गर्नुभएका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उनी बताउँछन् ।

सुरुमा पचास लाखको योजनासहित मन्दिर निर्माणमा जुट्नुभएका खड्काले काम गर्दै जाँदा रु एक करोड ५० लाख खर्च भएको बताए। वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो ।

टिप्पणी