वर्षामा पनि मेलम्चीको खाने पानी काठमाडौंमा

01 July, 2025
209

काठमाडौं। मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी ल्याउने गरी आवश्यक अस्थायी प्रबन्ध मिलाउने तयारी गरेको हो ।त्यसका लागि समितिले जेठ १ गतेदेखि नै उपत्यकामा पानी पथान्तरण स्थगन गर्ने भएको छ । मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतमा लागि जेठ १ देखि १५ गतेसम्म पानी पथान्तरण गर्ने समितिले जानकारी दिएको छ ।

आयोजनाका अनुसार उक्त कार्यका लागि ८ देखि १५ दिन लाग्छ । समितिका प्रवक्ता राजेन्द्र पन्तले यो वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा ल्याउन सकिन्छ कि भनेर गृहकार्य थालिएको जानकारी दिए । २०७८ को बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाको अल्प-मध्यकालिक पानी पथान्तरणका लागि आवश्यक निर्माण सुधारका लागि पानी पथान्तरण स्थगन गरिएको हो ।

उपत्यकामा मेलम्चीको पानी दैनिक १७ करोड लिटर वितरण हुँदै आएको छ । मर्मतसम्भारका लागि मेलम्ची पानी पथान्तरण रोकेपछि अन्य स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने उनको भनाइ छ । यसले गर्दा उपत्यकामा पानी वितरण अब ८ दिनको अन्तरमा हुने उनको भनाइ छ । पत्रपत्रिका बाट  

टिप्पणी