
सप्तकोशी न्यज डेक्स
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा आठ वर्षअघि मुलुककै पहिलो राना थारू पाहुना घर ‘होमस्टे’मा आगन्तुक घट्दै गएका छन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नयाँ कटानका राना थारू समुदायले होमस्टे सञ्चालनमा ल्याएसँगै यहाँ अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सहजता मिलेको थियो ।
कोरोना कहरमा दुई वर्ष थला परेको होमस्टेमा पछिल्लो चैत महिनायता गर्मी र त्यसपछि बर्खा मौसम सुरु हुँदा पाहुना आउने क्रम घटेको राना थारू सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ । यहाँ राना थारूको परिकारको स्वाद लिँदै सो समुदायको परम्परागत नृत्य देखाएर आगन्तुकलाई मनोरञ्जनसमेत प्रदान गरिन्छ ।
सुलभ बसाइ हुने भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने प्रायः पर्यटक होमस्टेमै बास बस्ने गरेको सचिव रानाको भनाइ छ । “होमस्टे आउने शुक्लाफाँटा घुम्ने र शुक्लाफाँटा घुमेर होमस्टे बास बस्ने दोहोरो नै छ”, रानाले भने, “हिउँदका बेला भने होमस्टे प्रायः भरिभराउ नै हुन्छ ।”
चालु आर्थिक वर्षको ११ महिनामा होमस्टेमा करिब दुई हजारभन्दा बढी पर्यटक बास बसेको उनको भनाइ छ । विसं २०७२ मा विभिन्न दातृ निकायको सहयोगमा यहाँका नौ घरमा होमस्टे सञ्चालनमा आए पनि अहिले आठ घरमा निरन्तर छ । यहाँ शुक्लाफाँटा घुम्न आउनेसँगै विभिन्न सङ्घसंस्थाका पदाधिकारी प्रायः आउने गरेको होमस्टे सञ्चालकहरुको भनाइ छ ।
“स्थापना भएयता करिब १५ हजार पाहुनाले यहाँ बास बसिसकेको रेकर्ड छ”, सचिव रानाले भने, “शुक्लाफाँटासँगै भएकाले यो होमस्टेको भविष्य उज्ज्वल नै छ ।” पाुहना आउँदा मागअनुसार परम्परागत पहिरनमा नृत्य देखाउँदा दोहोरो फाइदा हुने गरेको रानाको भनाइ छ । “राना वेशभूषामा नृत्य देखाउँदा पाहुना खुसी हुनाका साथै बस्तीमा युवा पुस्ता पनि आफ्नो कला, संस्कृतिप्रति मोहित हुन्छन्”, उनले भने, “पाहुना घर कला, संस्कृति र रीतिरिवाज बचाउने केन्द्र पनि बनेको छ ।” पर्यटकका लागि शुक्लाफाँटाको मयूर, चित्तल लगायतका पक्षी तथा जनावर होमस्टेबाट समेत कतिपय बेला अवलोकन गर्न सकिन्छ । उनले भने, “पर्यटकहरुको सहजता र समुदायको आयआर्जनका लागि होमस्टे सञ्चालन हुनु आवश्यक छ ।” तराई भू–परिधि कार्यक्रम ९ताल०को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टेबाट राना थारू समुदाय अहिले लाभान्वित छ ।
भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै शुक्लाफाँटा नगरपालिकाको जोनापुर र सिमलफाँटाका साथै कृष्णपुर नगरपालिकाको वाणी मुक्त कमैया शिविरमा होमस्टे सञ्चालित छन् । कृष्णपुरको वाणीस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको विजयासाल सामुदायिक होमस्टेमा बास बस्नेभन्दा खाना खाने पाहुना धेरै आउने गरेको होमस्टेका अध्यक्ष परदेश्नी डगौराको भनाइ छ ।
“राजमार्गको छेउमै भएकाले खाना खानका लागि पाहुना धेरै आउँछन्”, अध्यक्ष डगौराले भने, “अहिले बर्खा लागेकाले आगन्तुक आउने क्रम घटेको छ ।”
यहाँ दातृ निकायको सहयोगमामुक्त कमैया बस्तीका छ घरमा होमस्टे सञ्चालनमाछ । “मासिक एकदेखि डेढ सय पाहुना होमस्टेमा आएको रेकर्ड छ”, डगौराले भने, “होमस्टेबाट भएको आयआर्जनले सामान्य घर खर्च चलेको छ ।”
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी