धनकुटामा अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमण

01 July, 2025
408

सप्तकोशी न्युज संवाददाता

विराटनगर । धनकुटामा संकल्प अभियानको क्रममा एक व्यक्तिले केपी ओलीमाथि आक्रमण गरेका छन् । धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी ओलीलाई एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् ।

फूल माला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई आक्रमण गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ति व्यक्तिलाई कुटपिट गरेका थिए । महालक्ष्मी ५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।

टिप्पणी