
काठमाडाै । नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ ।सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्म ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार स्वरुप यो गीतको अडियोलाई विशेषगरि, सामाजिक सञ्जाल टिकटक र तिहारमा देउसी भैलो कार्यक्रममा नाँच्नका लागि लक्षित गरी तयार पारेर सार्वजनिक गरिएको छ ।
प्रवीण सिंहको कोरियोग्राफी रहेकोे भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । यो गीतमा फिल्मका मुख्य कलाकारहरु सन्तोष अधिकारी र शुभेच्छा खड्कालाई फिचरिङ गरिएको छ । यी दुबैलाई कोरियोग्राफर प्रवीण सिंहले रमाइलो स्टेपहरुमा नचाएका छन् ।घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको छ । फिल्मलाई माघे सङ्क्रान्तिको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलीयामा रिलिज गरिने छ ।
यो फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । साथै तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, महेश पौडेलको छायांकन छ ।
फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।यो फिल्मको नेपाल वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले लिएको छ । यस्तै अष्ट्रेलीया अधिकार अविनाश रोका मगरले लिएका छन् ।
निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको अर्को फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।
https://www.youtube.com/watch?v=pJZl4cuMdHw
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी