सप्तकोशी न्युज संवाददाता
काठमाडौं । नेपालमा फोहोरको प्रयोगबाट निर्माण सामाग्रीहरु बनाउन थालेको छ । फोहोरबाट मोहर बनाउन थालेको छ । इको प्यानलले खेर गएको पदार्थ थर्मोकोलको प्रयोग गरेर इको प्यानलको उत्पादन थालेको छ ।
व्ल्यु वेष्ट टु भ्यालु नामक संस्थाले संकलन गरी पठाइदिएको थर्मोकोललाई रिसाइकल गरी केही निश्चित प्रतिशत प्रयोग गरी नेपाल इको प्यानल बनाएर फोहोरलाई मोहर बनाउन थालेको हो ।
म्युनिसिपल वेष्टको रुपमा रहेका थर्मोकोलको सदुपयोग गरी नेपाल इको प्यानलले फोहोरको समस्यालाई समाधान मात्रै नगरी उपयोगीसमेत बनाएको हो । बताइए अनुसार इको प्यानल उत्पादनमा थर्मोकोल पनि आवश्यक हुन्छ ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओं) इन्जिनियर कृष्णभक्त दुवालले आफू वातावरण विज्ञानको पनि विद्यार्थी र निर्माण सामाग्रीमा हरित क्रान्ति आवश्यक भएको भनेर लविङ गरेर हिँडेकोले वातावरण प्रदूषण हुनबाट जोगाउन यसो गरिएको बताए । एकातिर फोहोरको समस्या समाधान हुने र अर्कोतिर समस्या बनेको फोहोरको सही सदुपयोगले दोव्वर फाइदा पुगेको उनको भनाइ छ ।
निर्माण सामाग्री इको प्यानलको उत्पादन गर्दा सक्दो रुपमा वातावरणलाई नकारात्मक प्रभाव नदिने उनको भनाइ थियो । एकातिर वातावरण विनास नगर्ने र अर्कोतिर निर्माण सामाग्री कारखानाबाट उत्पादनको क्रममा वातावरण प्रदूषण गर्न नदिने जस्तै धुवा ननिकाल्ने, फोहोर ननिकाल्नेलगायतका उपायबाट आफूले इको प्यानलको उत्पादन गर्दै गरेको उनी बताउँंछन् ।
यही कारण वातावरणलाई नकारात्मक प्रभाव नपार्ने निर्माण सामाग्रीको प्रयोगमा जोड दिनुपर्ने उनको विशेष आग्रह छ ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । कारखानामा पहिला नै तयार गरेर निर्माणस्थलमा यो जोड्न मात्र लाने गरिन्छ ।
शेयर
सम्बन्धित समाचार
धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट
नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध
ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे
पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे
पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता
संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले
केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने
इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............
कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल
दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार








टिप्पणी