मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

01 July, 2025
423

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । सिंहदरबारको नयाँ भवनमा मन्त्रिपरिषद् बैठक जारी भएको छन् । सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ हलमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

२०७२ को भूकम्पले क्षति पुगेको उक्त भवनको पुनःनिर्माण सम्पन्न भएपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो ।

१२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिपछि रेट्रोफिटिङ गरिएकोे हो । अब मन्त्रिपरिषद्को नियमित बैठक यही भवनको हलमा बस्ने जनाइएको छ ।

आजको बैठकमा समसामयीक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

टिप्पणी