साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति आजबाट भयो सुरु

01 July, 2025
261

सुनसरी । आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति ।सनातन हिन्दु परम्परा अनुसार साउने संक्रान्ति सबैतिर मनाइने भएपनि यसका विधी एवं प्रक्रियामा एकरुपता पाइदैन । धेरैजसो भेगमा भने यस दिन आफ्नो खेतबारीमा उत्पादन भएका वा पाकेका फलफूल चढाउने, कतिपय औषधिय वनस्पतिलाई घरमा सजाउने गरिन्छ । कण्डारक नामक रात्रिचर (राती हिँड्ने)को पूजा गरिन्छ । त्यसपछि ‘उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सकाल आइज’ भन्दै अगुल्टो फ्याक्ने प्रचलन छ । वर्षायामसँग हैजा, घाउ–खटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ ।

टिप्पणी