आज बुधवारको ५ कार्तिक २०८२ राशिफल

28 October, 2025
130

मेष

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० घरपरिवारको साथमा मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। यात्राका दौरान नयाँ मित्रहरू बन्नेछन्। घरपरिवारमा वरिष्ठ जनहरूको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० व्यवसायमा नयाँ योजनाहरूलाई गुप्त राख्ने प्रयास गर्नुहोला। मित्रको सहयोगले आत्मविश्वासमा वृद्धि हुनेछ। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० समय अनुकूल रहनेछ। अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सक्नुहुनेछ। व्यापारमा नयाँ टेक्निकल नविनीकरण गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

तुला

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० स्वास्थ्य सबल रहनेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। सम्मानित कार्यले समाजमा प्रतिष्ठित भइनेछ। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आर्थिक पक्ष सबल रहनेछ। नोकरीको प्रयासमा सफलता मिल्नेछ। पिताको सहयोगले अड्केको कार्य बन्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० अध्ययनमा प्रगति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ।भाग्यको साथ मिल्नाले नसोचेको कार्यसम्पादन हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

बृष

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० सहकर्मीहरूको सहयोगले कार्यमा प्रगति हुनेछ। मार्गदर्शनले अध्ययनको क्षेत्रमा मन लाग्नेछ। अरुलाई सल्लाह दिनेबाट बच्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० सामाजिक समारोहमा सम्मिलित भइनेछ। पारिवारिक तनावबाट मुक्ति मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० पारिवारिक सहयोगले मनोबल उच्च रहनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। विश्वास पात्रबाट धोखा पाइएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० अवसर हात लागे पनि लाभ लिन नसकिएला। खर्चमा वृद्धि हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा अधिकारीहरूबाट सहयोग पाइएला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० विरोधीहरूबाट झुठा आरोप लाग्न सक्छ सावधान रहनुहोस्। दाम्पत्य जीवनमा अरुको हस्तक्षेपले नकारात्मक वातावरणको सिर्जना हुनेछ। व्यापार व्यवसायलाई पारदर्शिता राख्नुहोस्।आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

TAGS

टिप्पणी