
आज बुधवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, तर आफन्तको साथ र सल्लाह भने पाइनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभ, हानी, सुख, दुख बराबरी खालको समय छ । यात्रामा बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामले पनि गति लिनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जोशजाँगर र हिम्मत बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुनसक्छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्त र मित्रसँग भेटघाट हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
शेयर
सम्बन्धित समाचार
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी