बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने

सप्तकोशी न्युज संवाददाता

इटहरी । बराहक्षेत्र नगरपालिका अन्तर्गतको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कमाण्डिङ परिवर्तन भएको छ । उक्त इलाका प्रहरी कार्यालयमा नयाँ नेतृत्वका लागि प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना हाजिर भएका छन् भने कार्यरत प्रहरी निरीक्षक  राजेश दत्तलाई बिदा गरिएको छ । एक कार्यक्रमबीच दुवै जनालाई आइतबार स्वागत, सम्मान तथा बिदाई गरिएको थियो । 

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा भ्रष्टाचारीहरुको अनुसन्धान गर्दा गर्दै सरुवा भएर तिम्सिना बराहक्षेत्र महेन्द्र नगर पुगेका हुन् । यसैगरी प्रहरी निरीक्षक दत्ता भने वागमती प्रदेशको ललितपुरस्थित प्रहरी वृत सातदोबाटोमा सरुवा भएका छन् । 

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक तिम्सिनाले जनतालाई बराहक्षेत्रमा प्रहरी प्रशासन छ है भन्ने अनुभूति गराउने गरी यस ठाउँको शान्ति सरक्षामा जिम्मेवार भएर कडाईका साथ अगाडि बढ्ने बताए । बिदाई भएका प्रहरी निरिक्षक दत्ताले बराहक्षेत्रमा अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापनलागयत विभिन्न क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।


टिप्पणी