आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी

सप्तकोशी न्युज 

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टासम्मको लागि धरान क्षेत्र प्रवेशमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्धारा हस्ताक्षरित सुनसरी जिल्ला अधिकारीबाट जारी आदेशमा आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि धरान प्रवेशमा रोक लगाएको छ । 

उक्त आदेशमा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका वडा नं. १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्रबाट निषेध गरिएको छ । यस्तै पश्चिम दक्षिण रामधुनी नगरपालिका वडा नं. ६ बाट बराहक्षेत्र नगरपालिका वडा नं. ३ नहडा चोकबाट धरानतर्फको क्षेत्रबाट पनि प्रवेश गर्न पाइने छैन । यस्तै इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रबाट निषेध गरिएको छ । यसैगरी धरान उपमहानगरपालिका वडा नं. ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरिगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट धरानतर्फको क्षेत्रबाट धरान प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख गरिएको छ ।

डेंगुको संक्रमण व्यापक रुपमा फैलिएको भन्दै धरान उपमहानगरपालिकालाई डेंगु संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई जनस्वास्थ्य आपतकालिन अवस्था (पब्लिक हेल्ट इमरजेन्सी) क्षेत्र घोषणा गर्ने गरी सम्बधित निकायमा सिफारिस गरिएको उक्त आदेशमा भनिएको छ । यस अवस्थामा धरान उपमहानगरपालिका क्षेत्र धार्मिक÷साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको सम्वेदनशिलतााई समेत मध्यनजर राखी संक्रमण रोग ऐन २०२० को दफा (२)  तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम २०८÷०५÷०८ गत राति १२ बजेदेखि मिति २०८०÷०५÷०९ गते राति १२ बजेसम्म अतवश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मि, राजनीतिक सभा, ¥याली, भेला जम्मा÷प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न÷नगराउन धरान उपमहानगरापलिका क्षेत्रभित्रा सम्पकूर्ण वडालगायत का क्षेत्रा निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारी लागि यो सूचना प्रकाशन गरिएको छ । यस आदेश विपरित भए गरेको पाइएमा वा अटेल गरेको पाइएमा सथानीय प्रशसान ऐन, २०२८ अनुसार कारवाही गरिने व्यहोरा समेत जानकारी गराइएको उक्त आदेशमा उल्लेख छ । 

टिप्पणी