धरानमा रास्वपाको ऐतिहासिक अधिवेशन सम्पन्न, सर्वसम्मत नयाँ नेतृत्व चयन

सप्तकोशी न्युज : धरान, असार २८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिकाको ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको स्थानीय संरचना सुदृढ गर्दै अधिवेशनले संगठनलाई नयाँ दिशा र ऊर्जा दिने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख आथित्यता गर्नु भएका पार्टीका नेता तथा संघीय सांसद अशोक कुमार चौधरीले सम्बोधन गर्दै अधिवेशनमा सहभागी सबै घण्टीमित्रहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले भने,

“अधिवेशन केवल औपचारिकता होइन, यो पार्टीको भविष्य र मार्गनिर्देशन तय गर्ने निर्णायक मोड हो। तपाईंहरू परिवर्तनको इतिहास रच्ने अभियन्ता हो।”

सांसद चौधरीले रास्वपाको मुख्य अभियान “निलो क्रान्ति” लाई स्मरण गराउँदै यसलाई गम्भीरताका साथ देशव्यापी रूपमा फैलाउन घण्टी वाहक रास्वापा कर्मीलाई आह्वान गर्नु भएको थियो।

साथै उनले“यो क्रान्ति नातावाद, भ्रष्टाचार र अकर्मण्यताको अन्त्यका लागि हो। यो भावी पुस्ताको अधिकारको रक्षा र न्यायको पुनर्स्थापनाको आन्दोलन हो।”भनेर जोड दिएका थिए।

सांसद चौधरीले पार्टीको विचार, नीति र दस्तावेजप्रति भ्रम सिर्जना गर्ने प्रवृत्ति प्रति चेतावनी दिँदै भने,

“हामी गणतान्त्रिक, लोकतान्त्रिक र वहुलवादी धारको पार्टी हौं। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, प्रदेश सभा खारेज, विज्ञसहितको राष्ट्रिय सभा, र संवैधानिक निकायहरूको पुनःसंरचना हाम्रो दस्तावेजमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। कृपया पार्टीका आधिकारिक दस्तावेजहरू अध्ययन गर्नुस्।”

त्यस्तै अधिवेशनबाट धरान उपमहानगर पार्टी पालिका समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

सभापति: सुमन श्रेष्ठ

उपसभापति: राम कार्की

सचिव: ख्यामप्रसाद फुयाल

सहसचिव: सन्दिप शाक्य

सदस्यहरू: अतुल श्रेष्ठ, तोर्णबहादुर कार्की, बनप्रसाद गुरुङ, थाङ्गा बहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, ईन्द्रबहादुर कार्की, जीवन आचार्य, मेघराज पोखरेल, मनकुमारी विश्वकर्मा

सर्वसम्मत रूपमा गठन भएको यो १४ सदस्यीय पालिका समिति पार्टीको नीति, सिद्धान्त र अभियानलाई स्थानीयस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ गठन गरिएको छ।

अधिवेशनले संगठनलाई थप एकीकृत गर्दै, धरानमा रास्वपाको जनआधार विस्तार गर्ने लक्ष्यका साथ आगामी स्थानीय तथा संघीय निर्वाचनतर्फ अग्रसर हुने स्पष्ट सन्देश दिएको छ।


TAGS

टिप्पणी