सप्तकोशी संवाददाता

काठमाडौं ।  रौतहटमा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ । जिल्लाको बौधिमाई नगरपालिकामा वडा नं ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत् जडान गर्ने क्रममा शनिबार राति करेन्ट लागेर दुईजनाको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ ।

कोपवा निवासी अरुण साहले आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर सञ्चालन गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो। साहलाई करेन्ट लागेको देखेपछि उनलाई बचाउन जाने क्रममा सँगै रहेका सितावी पण्डितलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि गौर अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा साह र पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । अरुण साहलाई करेन्ट लागेको देखेपछि नजिकै पसलमा रहेका पण्डित उनलाई बचाउन गएका थिए । उपचारका क्रममा मृत्यु भएका दुवै जनाको शव पोष्टमार्टमपछि परिवारजनलाई जिम्मा लगाइएको प्रहरी प्रमुख बुढामगरले बताएका छन्।

" /> Saptakoshinews

पानी तान्ने मटरबाट करेन्ट लागेर रौतहटमा दुईजनाको निधन

टिप्पणी