प्रहरीको एसपीमा बढुवा गर्न २२ जनाको नाम सिफारिस

सुनसरी।  नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न २२ जनाको नाम सिफारिस गरेको छ ।शुक्रवार बसेको बढुवा सिफारिस समितिको बैठकले २२ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेहरूको नाम समेत बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको छ । 

सचिवालयले बढुवा सिफारिस हुने प्रहरी नायब उपरीक्षकहरूले प्राप्त गरेको अंक समेत प्रकाशित गरेको छ ।


टिप्पणी