विचार बिनाको पार्टीहरुको लहर चलेको छः एमाले अध्यक्ष ओली

सप्तकोशी न्युज डेक्स

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताएको छ ।

बिहीवार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको छ । उनले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताएको छ ।

उनले विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको बताएको छ । उनले राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए । उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै भनेर बताएको छ ।

अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल हुन नसक्ने बताएको छ ।

TAGS

टिप्पणी