केवलकार विवाद : कोशी प्रदेशका ९ जिल्लामा बन्द, जनजीवन प्रभावित

इटहरी, कोशी प्रदेश – ताप्लेजुङको मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा केवलकार निर्माणको विरोधमा स्थानीय समुदाय र विभिन्न संघसंस्थाले आन्दोलन चर्काएपछि कोशी प्रदेशका ९ जिल्लामा यातायात सेवा ठप्प भएको छ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिसहित ९ अन्य संस्थाका प्रतिनिधिहरूले आह्वान गरेको बन्दका कारण इटहरी, धरान, विराटनगर, धनकुटालगायतका प्रमुख सहरहरू प्रभावित भएका छन्। यात्रुहरू गन्तव्यमा पुग्न नपाएर अलपत्र परेका छन् भने व्यवसायीहरू पनि मारमा परेका छन्।

इटहरीको मुख्य चोकमा बन्दको प्रभाव अझै स्पष्ट देखिएको छ। यातायात ठप्प हुँदा चोक वरिपरि यात्रुहरूको भीड लागेको छ, तर गाडी सञ्चालनमा छैनन्। स्थानीय प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा सडक अवरोध गरेका छन्।

संघर्ष समितिका अनुसार सरकारले जबरजस्ती केवलकार निर्माण गरेर धार्मिक-सांस्कृतिक स्थलमाथि अतिक्रमण गर्न खोजेकाले विरोधका स्वर उरालिएको हो। उनीहरूले सरकारसँग हिंसात्मक दमनको नीति त्यागेर वार्ता गर्नुपर्ने माग गरेका छन्।

यसअघि सरकार र संघर्ष समितिबीच वार्ता गर्ने प्रयास भए पनि सहमति हुन सकेको छैन। आन्दोलनकारीहरूले माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्।

फोटो दृश्य : इटहरी

" /> Saptakoshinews

कोशी प्रदेशका ९ जिल्लामा बन्द, जनजीवन प्रभावित

TAGS

टिप्पणी