
सप्तकोशी न्युज डेक्स
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको छ ।
सरकारलाई समर्थन गरेका सत्तारुढ गठबन्धनभित्रै सरकार विरोधी अभिव्यक्ति सतहमा आएपछि उनको सत्तायात्रा असहज बन्दै गएको छ।
गत वर्ष पुष १० गते प्रधानमन्त्री नियुक्त भएका दाहाल सत्ता समीकरण बदल्दै हालसम्मै सरकारको नेतृत्व गरिरहेका छन् ।
उनको प्रधानमन्त्रीत्व कालमा सरकारका कतिपय सकारात्मक कदमले जनतामा आशा जगाएपनि बहिर्गमनको समयावधि नजिकिएको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।
आर्थिक वर्ष २०८०/२०८१ को संसदमा पेश गरिएको बजेटबारे दश दलीय सत्ता गठबन्धनमा रहेका पार्टीहरुबीच मतैक्यता कायम हुन सकेको छैन । दलहरुबीच बजेटमा आन्तरिक मतभेद हुँदा यसले आगामी दिनमा सरकारको निरन्तरतालाई समेत संकटमा पार्ने आँकलन गरिएको छ ।
गठबन्धनमै आवद्ध पार्टीका सांसदहरुले सरकारको चर्को आलोचना गर्दै बजेट परिमार्जन गर्न सुझाब दिइरहेका छन् । गठबन्धनकै एक घटक नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पास गर्न नसकिने अडानमा कायम रहँदै विपक्षमा मतदान गर्ने जनाइसकेको छ ।
सरकारको बजेटमा असहमति प्रकट गर्ने सत्तारुढ दलका सांसदहरु नै सरकारको विपक्षमा उत्रिए प्रधानमन्त्री दाहालले सरकार सञ्चालन गर्ने नैतिक अधिकार गुमाउने राजनीतिका जानकारहरुको तर्क छ । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सदनबाटै बजेटको विपक्षमा मतदान गर्ने जानकारी दिएका थिए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारको बजेटमा असन्तुष्टि जनाइसकेका छन् । अहिलेको बजेटले मधेशलाई उपेक्ष गरेको उनको आरोप छ । सरकारको बजेटमा विमति राख्ने अधिकांश सांसदहरु सत्ता गठबन्धनकै सहयात्री दलका रहेका छन् ।
सत्ता गठबन्धनकै प्रमुख घटक कांग्रेसका महाान्त्री गगन थापाले शनिबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वर्तमान गठबन्धनले सन्तोषजनक परिणाम दिन नसकेको बताउँदै गठबन्धन परिवर्तन भए अनौठो नमान्न कार्यकर्तामाझ बताएका थिए ।
उनले अहिलेको निर्वाचन प्रणाली नै गठबन्धन बेगर सरकार बनाउन नसकिने भएकाले नयाँ परिवर्तित गठबन्धनले सरकार बनाउने अवस्था आए कांग्रेसले सहजै स्वीकार्नु पर्ने अभिव्यक्ति दिएका थिए ।
बजेट संशोधन बिना पारित गर्न नदिने सत्ता गठबन्धनकै दलहरुको अडानले सरकार सञ्चालनको लागि आगामी दिन असहज बन्दै गएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।
उनले सरकारले बजेट संशोधन गर्नैपर्ने परिस्थितिको सिर्जना भएमा सरकारमाथि नैतिकताको प्रश्न उठ्दै सरकारका प्रधानमन्त्री र अर्थमन्त्री असफल भएको ठहरिने बताए ।
उनले भने, ‘गठबन्धनकै दलहरुले हुबहु पारित गर्न दिने अवस्था छैन । बजेट संशोधन गर्ने सहमति भइसकेकै छ । अब बजेट संशोधन गर्दा सरकारको नीति तथा कार्यक्रम नै असफल हुने हुँदा सरकारको अक्षमता प्रकट भएपछि सरकार सञ्चालनका लागि नैतिक अधिकार रहन्न ।’
सरकारको नीति तथा कार्यक्रममार्फत सरकारको असक्षमता प्रकट भएपछि नैतिक अधिकार गुमाउने बताउँदै उनले अगाडि थपे, ‘सरकारको असफलता नीति तथा कार्यक्रम र बजेटले दर्शाएपछि एमालेको चलखेल बढेर कांग्रेससहितको नयाँ समीकरण बन्ने प्रबल सम्भावना छ ।’
सरकारमा सामेल दलकै सांसदहरुले बजेट पारित गर्न नदिने चेतावनीले सरकारको आयु घट्दो क्रममा रहेका विश्लेषक आचार्यले जिकिर गरे ।
उनले कांग्रेसका नेताहरको सरकार बारे व्यक्त असन्तुष्टि संस्थागत भएको दाबी गरे । सभापति शेरबहादुर देउवाकै मनोभावना अनुरुप महामन्त्री थापाले गठबन्धन परिवर्तन गर्न सकिन भावको आशय व्यक्त गरेको विश्लेषक आचार्यले टिप्पणी गरे ।
यसैबीच स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले त्यहाँ नयाँ राजनीतिक समिकरणका विषयमा विभिन्न शक्तिकेन्द्रसँग छलफल अगाडि बढाएपछि वर्तमान सरकारको निरन्तरतामा प्रश्न उब्जिएको छ ।
देउवामाथि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफैं नेतृत्वमा सरकार गठन गर्न दवाब बढ्दै गएको छ । त्यसमा एमालेले पनि कांग्रेसलाई साथ दिने संकेत गरेपछि नयाँ समिकरणको संभावना बढ्दै गएको बताएको छ । ‘संभवतः देउवा सिंगापुरबाट फर्किएपछि त्यसको संकेतहरु देखापर्ने छन्,’ स्रोतले भन्यो ।
TAGS
शेयर
सम्बन्धित समाचार

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न

कोशी प्रदेशमै पहिलो पटक कला, साहित्य, संगीत, संस्कृतिलगायतको सहरका रुपमा इटहरी परिचित गराउने गरी एकेडेमी बनाउने तयारी

दुहबी माघी महोत्सवमा ३ जोडी युवायुवतीको सामुहिक बिवाह सहित कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न

स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिला गम्भिर घाइते

अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप

वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा अवैध हरिणको सिङ र लागूऔषध सहित चार जना पक्राउ

धरानमा उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि बराहक्षेत्र नगरपालिकाबाट १२ जना प्रतिनिधि छनौट : महिलातर्फ बाट यसोधा खड्का बिजय

बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान

कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ

पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि

बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने

इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो

आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी

कोशी प्रदेशका मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार : गयानन्द मण्डल बने राज्यमन्त्री

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा डेंगु र आँखा पाख्ने रोगसँगै तीव्र रुपमा भाइरल ज्वरोको प्रकेप

पहाडमा अत्याघिक वर्षा हुदा कोसी कटानको जोखिममा श्रीलङ्का टापु : प्रकोपको पूर्व तयारी गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी

आज इटहरीको जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचन हुदै : क्याम्पसमा राजनिती चल खेल

बराहक्षेत्र नगरपालिकको स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि नगरप्रमुख कार्कीद्वारा संघीय सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशको तीन सदस्यीय मन्त्रीमण्डलमा सभामुखबाट राजिनामा दिएका गौतम बने अर्थमन्त्री

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ

भर्खरै आएको अविरल वर्षाका कारण १० जनाको ज्यान गएको र २६ जना बेपत्ता भएको गृहमन्त्री श्रेष्ठको भनाई

थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, रामधुनीमा आएर रेशम चौधरीले भने कहिलेसम्म दास बन्ने ?

प्रधानमन्त्री दाहालले भने दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान

कानुन बमोजिम कुरा गर्नु भन्दै राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई माफी दिने कुरा गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो

मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी