प्रधानमन्त्रीका प्रतिवद्धता दरबार र गौर हत्याकाण्डका अनुसन्धान गर्ने

सप्तकोशी न्युज संवाद्दाता

काठमाडौं । मंगलवार  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताएका छ । नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छ । उहानले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुका अुनसन्धान गरी निचोडमा पुग्ने बताए ।

उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहका बारेमा खोजिनीति गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउनु पर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री दाहालले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता जनाए । उनले भारत भ्रमणमा सीमानाका विवादका समाधान गर्ने उपाय खोज्ने र विश्वासका वातावरण बनाउन पहल गर्ने बताए । उनले आफू अहिले युवा अवस्थाका भन्दा पनि बढी खटिइरहेका बताए ।

TAGS

टिप्पणी