नेपालमा क्रान्तिकारी YADEA EPOC इलेक्ट्रिक स्कुटरको शुभारम्भ

इटहरी, नेपाल – नेपालमा विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ युगको सुरुवात गर्दै, कुजु नेपाल प्रा.लि. ले YADEA EPOC इलेक्ट्रिक स्कुटर को औपचारिक शुभारम्भ गरेको घोषणा गरेको छ। विश्वप्रसिद्ध YADEA ब्रान्डको आधिकारिक वितरकको रूपमा, कुजु नेपालले नेपाली उपभोक्तालाई उत्कृष्ट प्रविधि, पर्यावरणमैत्री यात्रा, र किफायती मूल्यको संयोजन प्रदान गर्ने लक्ष्य राखेको छ।

मात्र रु २,३५,००० को प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध यो स्कुटरले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। देशभर १५ डिलरशिपहरूको सञ्जाल मार्फत YADEA EPOC उपलब्ध गराइनेछ, जसलाई २०२५ को अन्त्यसम्म थप १० डिलरशिप विस्तार गर्ने योजना रहेको छ।

शक्तिशाली मोटर र उन्नत ब्याट्री

याडिया इपोक स्कुटरमा ३००० वाटको ह्वील हब मोटर तथा ७२ भोल्ट ३८ एम्पियरको ग्राफिनी ब्याट्रीप्याक रहेको छ। एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। साथै, १६ डिग्रीसम्मको चढाइमा सजिलै चलाउन सकिने बताइएको छ।

आधुनिक डिजाइन र विशेष फिचरहरू

फुल्ली क्रोम प्लेटेड डिजाइनमा तयार गरिएको इपोक स्कुटर मा एलईडी लाइट, भिजिबलिटी डिस्ट्यान्स लाइट, ७ इन्चको डिजिटल ड्यासबोर्ड, याडिया कनेक्ट एप सिस्टम, स्मार्ट साइड स्ट्यान्ड जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।

यसमा डबल डिस्क ब्रेक, हाइड्रोलिक सक अब्जर्बर तथा ३० लिटर क्षमताको बुट स्पेस रहेको छ, जसले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्नेछ।

YADEA लगातार ७ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक स्कुटर ब्रान्ड रहँदै आएको छ। YADEA EPOC को नेपालमा आगमनले पर्यावरणमैत्री, शक्तिशाली, र स्टाइलिश यात्रा को नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

कुजु नेपाल प्रा.लि.का निर्देशक उमिद श्रेष्ठ का अनुसार, नेपालका उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधि र दिगो यातायातको अनुभव दिनु नै YADEA EPOC को लक्ष्य भएकाले उनले सवैलाई नजिकैको YADEA डिलरशिपमा भ्रमण गरी स्कुटर अनुभव गर्न आग्रह गर्दै, विद्युतीय यातायातको प्रवर्द्धनमा साथ दिन अनुरोध गरेका छन्।

" /> Saptakoshinews

नेपालमा याडिया इपोक इलेक्ट्रिक स्कुटर सार्वजनिक, १५० किमि रेन्ज सहित बिक्री सुरू

TAGS

टिप्पणी