कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिए

सप्तकोशी न्युज डेक्स

विराटनगर । कोशी प्रदेश सरकारी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छ ।

२०७९ पुस २५ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेकी लिम्बूले पहिचान पक्षधरका आवालाई सरकारले वेवास्ता गरेकोले राजीनामा दिएका बताएकी छ ।

प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएपनि मुख्यमन्त्रीले वेवास्ता गरेको र पहिचान पक्षधरका आवाजलाई वार्ता र सम्वादमार्फत सम्बोधन गर्न प्रस्ताव गर्दा पनि अस्वीकार गरेकोले नैतिकताका आधारमा राजीनामा दिएको लिम्बूको राजीनामा पत्रमा उल्लेख छ । जसपा संसदीय दलको नेतासमेत रहेकी लिम्बूले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका राजनीनामा पत्रमा उल्लेख गरेकी छ ।


TAGS

टिप्पणी