पृथ्वीकै पहिलो तिर्थस्थल प्राचिन हरिदुवार वराहक्षेत्र धामको प्रवर्द्धनका लागि छलफल

सप्तकोशी न्युज डेक्स

सुनसरी| पृथ्वीकै पहिलो तिर्थस्थलका रूपमा व्याख्या गरिएको वराहक्षेत्र नगरपालिकास्थित हिन्दु धर्मावलम्बी समुदायको प्रसिद्ध धार्मिकस्थल वराहक्षेत्र धामको प्रवर्द्धनका लागि सरोकारवालाहरूबीच छलफल भएको छ ।

यस मन्दिरको परिसरलाई सरसफाइ र भौतिक संरचना विस्तार गरी थप सुन्दर बनाउन नगरपालिकाले सरोकारवालासँग छलफल गरेको नगरपालिकाका मेयर रमेश कार्कीले सप्तकोशी न्युज लाई जानकारी दिए ।

उनका अनुसार यस क्षेत्रलाई देश तथा विदेशबाट आउने पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार, निजी क्षेत्रलगायत अन्य सरोकारवाला पक्षसँग छलफल गरिएको हो ।

आपसी समन्वय र सहकार्यबाट यस क्षेत्रको प्रवर्द्धनका योगदान गर्न सबै सरोकारवाला सकारात्मक देखिएको नगरपालिकाले जनाएको छ । वराहक्षेत्रका बारेमा ब्रह्म पुराण, वराह पुराण, स्कन्द पुराणका साथै हिन्दु धर्मको चर्चित र महत्वपूर्ण ग्रन्थ महाभारतमा पनि चर्चा गरिएको पाइन्छ ।

टिप्पणी