
कोशी प्रदेश
इटहरी । प्रशासनको चतुर्याइँपूर्ण र कसिलो सुरक्षा प्रबन्ध, सरकारी तयारीलाई चुनौती नदिने प्रदर्शनकारीको संयमले शनिबार सुनसरीको धरान शान्त रह्यो ।धरानमा ‘सम्भावित दुर्घटना’ को सुइँको पाएको प्रहरी प्रशासनलाई सबैले सहयोग गर्दा दुर्घटना टरेको हो । धार्मिक झडपको सम्भावना प्रबल बनेको भन्दै चिन्ता प्रकट भइरहेका बेला टरेको अनिष्टले धरानबासीलाई राहत दिएको छ ।धरान भानु चोकको घन्टाघरमा राखिएको घडीले शनिबार दिउँसो दुई बजेको संकेत दिँदै थियो । ठीक त्यहीबेला मनकुमार नयुङ नजिकैको घडी मर्मत केन्द्रमा बिग्रेको घडी बनाउन आइपुगेका थिए ।
‘बेकारमा तनाव उठाउन खोजियो’, सन्चारकर्मीको हुलले कुराकानी थाल्ने बित्तिकै उनले दिक्दारी पोखे ‘यस्तो तनावले कसैलाई राम्रो गर्दैन ।’ धरान–५ का ४५ वर्षे मनकुमार पेशाले यातायात मजदुर रहेछन् । धरानमा प्रशासनले जारी गरेको निषेधाज्ञाले उनलाई हातको घडी मर्मत गर्ने ‘फुर्सद’ मिलाइदिएको थियो ।
यद्यपि यो फुर्सदले उनलाई आनन्दको सट्टा चिन्ता र त्रास थोपरेको मनकुमारको अभिव्यक्तिबाटै झल्किन्थ्यो । ‘विदेशमा गएर हाम्रा मान्छेले पैसा कमाएनन् भने देश चल्नै नसक्ने अवस्था छ । यस्तो देशमा जातका नाममा, धर्मका नाममा लडाइँ झगडा गर्नु राम्रो हुँदैन, गर्नु हुँदैन’ भानु चोकको पिपल छहरीमा उनले भने ‘आजभोलि हाम्रो धरानमा जे जस्तो हुँदैछ, त्यो राम्रो होइन । हामी वर्षौंदेखि सबै यहाँ मिलेर बसेका छौं, अब पनि मिलेरै बस्नुपर्छ । लडाइँ, झगडा गर्नतिर लाग्नुहुँदैन । त्यतातिर लाग्दा यी यस्तै निषेधाज्ञा, कफ्र्यु, तनाव मात्रै हुनेछ ।’
धरानमा निषेधाज्ञा निम्त्याउने काम भने हिन्दूवादी संघसंस्थाले शनिबार गर्ने भनेको ‘धार्मिक र्याली’ थियो । जसका लागि झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट सहभागीहरु आउने प्रचार गरिएको थियो । केही दिन अघि मात्रै धरानमा एउटा समूहले गोरुको मासु खाएको भिडियो सामाजिक सन्जालबाट बाहिरिएपछि सन्जालमै त्यसकाविरुद्ध कडा प्रतिक्रिया प्रकट भएको थियो । ‘गौरक्षा’ को वकालत गर्दै आएका हिन्दूवादी संघ–संस्थाहरुले प्रदर्शन गर्ने तय भएको थियो । धरानमा त्यस्तो प्रदर्शन भए प्रतिकार गर्ने चेतावनी पनि सामाजिक सन्जालबाटै प्रकट भइरहेको थियो ।
यस्तो अवस्थाबीच आयोजना हुने ‘धार्मिक र्याली’ ले दुर्घटना निम्त्याउने जोखिम आंकलन गरेर सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको थियो । राजनीतिक दलहरुसमेतको सल्लाहमा लगाइएको निषेधाज्ञाले धरानमा हुन सक्ने सम्भावित झडप टार्यो । तर, सर्वसाधारण भने निषेधाज्ञा लगाउने अवस्था नै आउन नहुने बताइरहेका छन् ।
यस्तै सोच्ने मध्येका हुन् मनकुमार पनि । ‘धरानमै जन्मेर, हुर्केर यतिको उमेरको भइयो, अहिलेसम्म यस्तो विषयमा तनाव भएको थाहा थिएन’, उनले थपे ‘यहाँका हामी सबै मिलेर बसेको हो । अब पनि मिलेरै बस्नुपर्छ । त्यो बाहेक अर्को उपाय के छ ? त्यसैले यस्तो विषयमा कोही पनि उग्र हुनुहुँदैन ।’
यस्तो अवस्थाले निम्त्याउने दुष्परिणामको तुलना उनले व्यक्तिको जीवनसित गरे । ‘अहिले नेपालमा धेरै मान्छे डिप्रेसनमा परेका छन्, व्यक्तिगत जीवनको तनावले त्यहाँ पुर्याएको हो नि’, उनले भने ‘त्यस्तै जातीय र धार्मिक द्वन्द्वले समाजलाई डिप्रेसनमा लैजान्छ । समाज डिप्रेसनमा परे डरलाग्दो अवस्था हुन्छ । भोलि भोकमरी ल्याउँछ । लडाइँ झगडाको बाटो हिँड्नै हुँदैन। नहिँडौं ।’
भानु चोकको पिपल छहारीमा उनीसँगै बसेका धरान ११ का बमबहादुर विकले उनको कुरामा सही थापे । ‘धार्मिक, जातीय कुरालाई लिएर कोसँग कहिलेसम्म झगडा गर्नु ?’, उनले सोधे ‘यसले हामीलाई कहाँ पुर्याउँछ ?’सन्चारकर्मीहरुसँग यी दुई जना गफिइरहँदा उनीहरुको गफ सुन्न झुम्मिनेको संख्या बढ्यो । सबैले यी दुवै अधबैशेंको विचारमा सहमति प्रकट गरे । केही युवा भने धरानमा अहिलेसम्म केही नभएको, बाहिरका मान्छेले धेरै उचालिएर धरानमा तनाव निम्त्याउन खोजेको आरोप पनि लगाए ।
‘धरानमा यस्तो तनाव हुन्थेन पनि होला, बाहिरको मान्छेले बढी उचाल्यो’, भानु चोकमै भेटिएका २६ वर्षे युवा अनिश लिम्बूले भने ‘त्यसको ‘ग्राउण्ड’ चाहिँ धरानेले नै दिएको हो ।’ उनका अनुसार एउटा समूहले गोरुको मासु खाएको भन्दै भिडियो प्रचार गर्नु गलत थियो । तर, त्यही निहुँमा अरुले जलुस गर्नु, सामाजिक सन्जालमा कडा प्रतिक्रिया दिनु पनि गलत नै थियो । ‘मैले आज के खाएँ भिडियो हाल्नु जरुरी छ र ?’, उनले भने ‘ल एउटाले त्यसो गर्यो अरे, अरुले त्यसैलाई आधार बनाउँदै प्रतिकार गर्न खोज्नु पनि गलत हो ।’
उनले भने जस्तै शुक्रबार दिनभर सामाजिक सन्जालमा चलेको अभियान आक्रामक थियो । ‘शनिबार धरान जाऔं’ भन्ने नारालाई हिन्दूवादी संघ संस्थाले व्यापक पारेका थिए । धरानका सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरुसम्मले पनि पछिल्लो तनावले धरानलाई कुनै असर नपारेको बताइरहेका छन् । तर, धरान बाहिरबाट व्यक्त प्रतिक्रिया र धरान लक्षित प्रदर्शनले भने समस्या ल्याउने जोखिम थियो ।
केही साता अघि मात्रै मन्दिरकै अघि चर्च स्थापना भएको भन्दै असमझदारी उत्पन्न भएको धरानमा त्यो विषयले खासै समस्या पारेको थिएन । बरु दलहरुको अगुवाईमा यो विषयमा धरानमा सहमति कायम भइसकेको थियो । ‘यहाँ सुरुमा चर्च–मन्दिर प्रकरणले केही समस्या उत्पन्न हुन खोज्यो’, पूर्व मेयर तिलक राईले भने ‘तर, केही समयमै साम्य भयो । सहमतिपूर्वक असमझदारी हट्यो । तर, बाहिरका मान्छेले भने यसलाई ठूलो विषय बनाइरहे । यसपटक पनि त्यस्तै देखिन्छ ।’
तर, धरान उपमहानगरका मेयर हर्क साम्पाङले यस्तो विषयलाई परिपक्व रुपमा समाधान गर्ने तदारुकता नदेखाएको भन्दै राईले असन्तोष प्रकट गरे । ‘यस्ता समस्या आएपछि समाधानका लागि मेयर र नगर सरकारले तत्कालै पहल लिनुपथ्र्यो’, राईले भने ‘तर, मेयरमा त्यो परिपक्वता देखिएन ।’ शनिबारको प्रदर्शनकै बारे छलफल गर्न पूर्व मेयर राई, कुमारबहादुर कार्की र पूर्व सांसद जयकुमार राईले शुक्रबार इटहरी पुगेर जगतगुरु बाल सन्त मोहन शरणसँग भेटेर छलफल गरेका थिए । त्यसक्रममा जगतगुरुले निषेधाज्ञा क्षेत्र बाहिर मात्रै सद्भाव र्याली निकालिने वचन दिएका थिए । ‘यस्तो अग्रसरता मेयरबाट पहिल्यै लिइनुपथ्र्यो’, राईले थपे ‘तर, मेयरले सामाजिक सन्जालमा सस्तो टिप्पणी लेखेर समय खेर फ्याले । उनले परिपक्वता देखाउनुपर्छ ।’
पूर्व मेयर राई धरानमा अहिलेसम्म जातीय र धार्मिक सद्भावमा कहिल्यै खलल नपुगेको र अब पनि नपुग्ने बताउँछन् । ‘देशका विभिन्न भागमा विभिन्न आन्दोलनमा धेरै समस्या आएको सुनेका हौं,’ उनले भने ‘तर, अहिलेसम्म धरानमा त्यस्तो समस्या केही आएन । अब पनि आउँदैन । हामी आउनै दिँदैनौं । आज पनि धरानमा केही समस्या छैन । जे छ बरु बाहिरै धेरै सुनिन्छ ।’
धरानका राजनीतिक दलहरुको अगुवाईमा सद्भाव र्याली आयोजना हुँदा मेयर हर्क त्यहाँ उपस्थित थिएनन् । सद्भाव कायम गर्न आग्रह गर्दै एउटा अपिल जारी गरेर शनिबार विरुवा रोप्न जाऔं भनेर फेसबुकमा लेखिरहेका थिए । सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेपछि भने उनले शनिबार विरुवा रोप्ने कार्यक्रम स्थगन भएको भन्ने सूचना फेसबुकमा लेखेका थिए ।
शनिबार धरान प्रवेश गर्ने सबै नाकामा परिचालित सुरक्षाकर्मीले कडाई गरेका थिए । इटहरीमा भेला भएर जुलुससहित अघि बढेको धार्मिक र्यालीलाई धरानको सीमा क्षेत्र पानीपियाभन्दा अघि बढ्न सुरक्षाकर्मीले दिएनन् । यसले गर्दा सम्भावित दुर्घटना टरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।
यद्यपि धार्मिक भनेर निकालिएको र्याली ‘धार्मिक’ नारामा मात्रै सिमित थिएन । विराटनगरको कन्चनबारीमा निस्केको र्यालीमा होस् अथवा इटहरी, दुवै ठाउँमा गणतन्त्रविरोधी नाराले प्राथमिकता पाएको थियो । नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागदेखि प्रधानमन्त्री र गहृमन्त्रीसम्मको राजीनामा मागिएको थियो । नारास्थलमा सुनसरी र मोरङका राप्रपाका नेता कार्यकर्ताको उपस्थिति बाक्लो थियो । जुलुसको अघिअघि राप्रपाका चिनिएका नेता कार्यकर्ता लामबद्ध थिए ।
त्यसो त शनिबारको जुलुसमा धरानका मेयर हर्क साम्पाङविरूद्ध पनि नारा लाग्यो । उनले धरानमा इसाई समुदायलाई संरक्षण गरेको भन्दै हिन्दू संघसंस्थाले असन्तोष जनाउँदै आएका छन् । यद्यपि शनिबार आफैंविरूद्ध पनि नारा लागेपछि भने मेयर साम्पाङले अरूबेला भन्दा शिष्ट प्रतिक्रिया प्रकट गरेका छन् ।
शेयर
सम्बन्धित समाचार

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न

कोशी प्रदेशमै पहिलो पटक कला, साहित्य, संगीत, संस्कृतिलगायतको सहरका रुपमा इटहरी परिचित गराउने गरी एकेडेमी बनाउने तयारी

दुहबी माघी महोत्सवमा ३ जोडी युवायुवतीको सामुहिक बिवाह सहित कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न

स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिला गम्भिर घाइते

अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप

वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा अवैध हरिणको सिङ र लागूऔषध सहित चार जना पक्राउ

धरानमा उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि बराहक्षेत्र नगरपालिकाबाट १२ जना प्रतिनिधि छनौट : महिलातर्फ बाट यसोधा खड्का बिजय

बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान

कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ

पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि

बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने

इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो

आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी

कोशी प्रदेशका मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार : गयानन्द मण्डल बने राज्यमन्त्री

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा डेंगु र आँखा पाख्ने रोगसँगै तीव्र रुपमा भाइरल ज्वरोको प्रकेप

पहाडमा अत्याघिक वर्षा हुदा कोसी कटानको जोखिममा श्रीलङ्का टापु : प्रकोपको पूर्व तयारी गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी

आज इटहरीको जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचन हुदै : क्याम्पसमा राजनिती चल खेल

बराहक्षेत्र नगरपालिकको स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि नगरप्रमुख कार्कीद्वारा संघीय सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशको तीन सदस्यीय मन्त्रीमण्डलमा सभामुखबाट राजिनामा दिएका गौतम बने अर्थमन्त्री

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ

भर्खरै आएको अविरल वर्षाका कारण १० जनाको ज्यान गएको र २६ जना बेपत्ता भएको गृहमन्त्री श्रेष्ठको भनाई

थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, रामधुनीमा आएर रेशम चौधरीले भने कहिलेसम्म दास बन्ने ?

प्रधानमन्त्री दाहालले भने दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान

कानुन बमोजिम कुरा गर्नु भन्दै राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई माफी दिने कुरा गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो

मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी