थारु चलचित्र तथा सांस्कृतिक संघले आफ्नो साँस्कृतिक भेष-भूसा, झाकी सहित मनायो जितिया

सप्तकोशी न्यज डेक्स 

इटहरी । सामुहिक जितिया कार्यक्रम थारु चलचित्र तथा सांस्कृतिक संघका जिल्ला अध्यक्ष जानकी चौधरीको सभाध्यक्षता र माननीय सभासद श्री कल्पना चौधरीको प्रमुख आतिथ्यमा भव्यताकासाथ जितिया मनाएको छ। थारु जनजातिहरुको महान पर्वको रुपमा रहेको जितिया पर्वमा आफ्नो मौलिक संस्कार संस्कृति झल्काउने र त्यसको जगेर्ना गर्ने साथै थप यस्ता किसिमका साँस्कृतिक कार्यक्रमले अझ अहिलेका पुस्ताहरु लाई प्रोत्सान हुने देखिन्छ ।  रामधुनि ६ बक्लौरीमा जितिया कार्यक्रम गरीए को थियो ।  

कार्यक्रममा विभिन्न स्थानका संघ सस्था क्लबहरु को झाकी प्रदर्शन  गरि बल्लौरी बजार परिक्रमा गरेको थियो। उक्त कार्यक्रममा साँस्कृतिक पहिचानको थारु नृत्य ,लाखे नृत्य ,  साकेला, चण्डि नृत्य , उराँव जातिको नृत्य लगाए झाकी प्रदर्शन गरिएको संघका वरिष्ट उपाध्यक्ष प्रदिप बास्मैत चौधरीले बताए।

आयोजक थारु चलचित्र तथा सांस्कृतिक महासंघको आयोजनामा राखिएको कार्यक्रममा विशिष्ट अतिथि माननिय पुर्व सभासद श्री नवोदिता चौधरी , रामधुनी न.पा प्रमुख श्री शंकर लाल चौधरी , थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्य पर्शुराम चौधरी लगायतको उपस्थिति रहेको थियो।

टिप्पणी