नेपाली काङ्ग्रेस दलका नेता उद्धव थापाले कोसी प्रदेशको मुख्यमन्त्री आफू नै हुने दाबी

सुनसरी । नेपाली काङ्ग्रेसका नेता उद्धव थापाले कोसी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका छन् । सभामुख बाबुराम गौतमले राजीनामा दिने र आजै आफ्नो नेतृत्वमा सरकार बन्ने थापाको दाबी छ ।

मङ्गलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले आफू नै मुख्यमन्त्री बन्ने पक्का भएको जानकारी दिए ।कोसी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख प्रशुराम खापुङले दिएको समयसीमा आज ५ बजे सकिँदै छ । त्यसैले गठबन्धन दलले सभामुखलाई राजीनामा गर्न लगाएर सरकार गठनको प्रक्रिया अघि बढाएको हो । गठबन्धनको अनुरोध मान्दै सभामुख गौतमले केहीबेरमा राजीनामा दिने स्रोतले बताएको छ ।

सभामुखको राजीनामासँगै गठबन्धनको पक्षमा ४७ मत पुग्ने बहुमतीय सरकार गठनको बाटो खुल्नेछ । तर, सभामुखको राजीनामा दिने विषयमा भने माओवादीभित्र फरक मत देखिएको छ । 

टिप्पणी