
सप्तकोशी न्युज संवाददाता
नवलपुर । तराईमा गर्मी बढेर गर्मी छल्न नसक्ने नारायणी नदीमा बाढि आएर पौडी खेल्न नसक्ने नदी किनारमा एक हुल मानिसका जमघट हुन्छ । यत्तिबेलामै नदीकिनाराबाट आवाज आउँछ बचाउ‘, बचाउ‘ । त्यो आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन् । बग्दै गरेको मान्छेले डोरी समातेपछि तानेर उसलाई डुब्नबाट बचाएर सकुसल उद्धार गर्छ ।
यो घटना नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा बुधबार आपतकालिन उद्धारका लागि गरिएको नमुना अभ्यासको दृश्य हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोरसहित सुरक्षाकर्मीले समुदायका बासिन्दालाई नदीमा बगेको तथा डुबेको अवस्थामा उद्धार गर्ने तरिकाबारे सिकाइरहेका थिए ।
बन्द कोठामा सैद्धान्तिक प्रशिक्षण दिएपछि सुरक्षाकर्मीले स्थानीयवासीलाई नदीमै लगेर प्रकोपका बेलामा गर्न पर्ने आपतकालीन अभ्यासबारे प्रशिक्षण दिएको थियो । गैँडाकोट नगरपालिका-२ र ३ स्थित नदी किनारका बासिन्दालाई प्रकोपका बेलामा उक्त प्रशिक्षण दिएका हो । विपद् व्यवस्थापनसम्बन्धी काम गर्दै आएको संस्था कारितास नेपालको आयोजना तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण दिइएको हो । कालीगण्डकी र नारायणी नदीले तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि ठूलो क्षति पुर्याउने भएकाले नदीबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रशिक्षण दिइएको कारितास नेपालका प्रादेशिक व्यवस्थापक शंकरकुमार पौडेलले बताए ।
भौतिक संरचना भत्किँदा अपनाउनुपर्ने सावधानीका साथै गर्नुपर्ने खोज तथा उद्धार, नदीमा अपनाउनुपर्ने सावधानी, पीडितलाई गर्नुपर्ने उद्धारकालगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइएको उनको भनाइ थिए ।
सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्दा प्रभावकारी हुने भएकाले सहभागीलाई नारायणी नदीमा लगेर अभ्यास गराइएको व्यवस्थापक पौडेलले बताए । “पढेको कुरा चाँडै विर्सन सकिन्छ तर पढ्दै अभ्यास गरेको कुरा दीर्घकालीन हुन्छ” उनले भने,“आवश्यक पर्दा अभ्यास गरेका सबै कुरा सम्झिन सकिने भएकाले उनीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान प्रदान गरेका हो ।”
कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयका सशस्त्र प्रहरी निरीक्षक, अस्मित चोहान मगरले तालिममा विपद्का बेलामा सुरक्षितरुपमा प्रतिकार्य गर्न चाहिने आधारभूत ज्ञान तथा व्यावहारिक सीपका बारेमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।
घाइते तथा पीडितका लागि उद्धार सामग्री स्थानीय स्रोत र साधन प्रयोग गरेर पनि निर्माण गर्न सकिनेबारे त्यस अबसरमा जानकारी दिएका थिए ।
संरचना भत्किँदा हुने क्षतिका बेलामा र नदीजन्य प्रकोपका बेलामा गरिने उद्धारका लागि गरिने प्रयासबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरेका उनका भनाइ थिए ।
सशस्त्र प्रहरी निरीक्षक मगरले विपद्बाट जोगिन सबै ठाउँमा पर्याप्त सामग्री नहुने भएकाले सुधाररिएको साधन प्रयोग गर्न सकिने सुझाब दिए । घाइते तथा पीडितको उद्धारका लागि स्थानीयस्तरमै पाइने बाँसको लौरीका साथै तन्ना, पर्दा तथा टिसर्टबाट स्टेचर बनाउन सिकाएका थिए ।
त्यसैगरी पानीमा डुबेका व्यक्तिको उद्धारका लागि प्लाष्टिकका बोतल, जर्किन, ड्रमलगायत सामग्रीमा हावा नपस्ने गरी बिर्को लगाएर नदीमा उत्रिने साधन निर्माण गर्न सकिनेमा पनि जानकारी गराएका थिए ।
गैँडाकोट-३ का वडाध्यक्ष शिवकान्त तिवारीले तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई प्रयोग गरेर विपद्मा सक्रिय भएर उद्धारमा खटिन सहभागीलाई आग्रह गरे ।
सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनामार्फत कारितास नेपालले वडास्तरमा विपद् प्रतिकार्य योजना निर्माण गर्नाका साथै स्थानीय सरकारले बनाएको संरचनालाई क्रियाशील बनाइ विपद् पीडितलाई सघाउ पुर्याउँदै आएको उनले बताए ।
सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनाका संयोजक दुर्गाबहादुर लामाले यस परियोजनामार्फत तीन सय किसान, ३० पशुपालक, ३० जना लघुउद्यम व्यवसायी लाभन्वित भएका बताए ।
उक्त परियोजनाले दुवै वडाका गरी सात विद्यालयलाई स्वच्छता र सरसफाइ सामग्री हस्तान्तरण, प्रहरी कार्यालय एवं वडास्तरीय विपद् व्यवस्थापन समितिलाई उद्धार सामग्री हस्तान्तरण गर्नाका साथै नगरपालिकाको विपद् कोषमा रु दुई लाख सहयोग गरेको उनले रासस जानकारी दिए ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी