
सप्तकोशी न्युज डेक्स
काठमाडौं । विश्वमा पहिलो पटक नेपाल माउण्टेन एकेडेमीमा अध्ययनरत ९ जना विद्यार्थीले हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउण्टेन एकेडेमीद्वारा सञ्चालित पर्वतारोहण अध्ययनको दोस्रो ब्याचको आठौं सेमेस्टरका विद्यार्थीले हिमलुङ ७ हजार १ सय २६ मिटरको हिमाल सफल आरोहण गरेका छ ।
स्नातक तहका २१ विद्यार्थीहरूको आरोहणमा एकै समयमा ९ जनाले हिमाल आरोहण गरेका छ । पिक प्रमोशन प्रालिले अभियानको व्यवस्थापन गरेका थिए । त्रिभुवन विश्वविद्यालयसँग आवद्ध शैक्षिक कार्यक्रममा ७ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणसंगै अध्ययन अनुसन्धान अन्र्तगत बिद्यार्थीले हिमाल अरोहण गरेका छ । नेपाल माउन्टेन एकेडेमी एक मात्र संस्था हो जसले पर्वतारोहणलगायत पर्वतारोहणमा स्नातक र स्नातकोत्तर अध्ययन गराउने गर्दछ । नेपाल माउण्टेन एकेडेमीका अध्यक्ष वङदी शेर्पाले बिद्यार्थीले हिमाल आरोहण गरेर अन्तराष्ट्रिय जगतमा नेपालको नाम राखेको बताका छ । यसअघि विद्यार्थीहरूले छैठौं सेमेस्टरमा मेरा शिखर ६ हजार ४ सय ७६ मिटर र चौथो सेमेस्टरमा चेरगुरी चुचुरो ४ हजार ९ सय ८३ मिटर सफलतापूर्वक आरोहण गरी अध्ययन गरेका थिए ।
पर्वतारोहण अध्ययन, साहसिक अध्ययनको मास्टर, माउण्टेन र पर्वतारोहण विज्ञानमा स्नातकोत्तर उनीहरुले हिमाल आरोहण र माउण्टेनरीङ क्षेत्रको अध्ययन अनुसंधान गर्ने गर्दछ ।
हिमाल अरोहणकालागि तालिममा ट्रेकिङ गाईड, स्की तालिम, सम्पर्क अधिकृत तालिम, उच्च पर्वतारोहण तालिम समेत दिदै आएका छ । हिमाल आरोहण गरेर बिश्व कीर्तिमान गर्ने बिद्यार्थीहरुमा रोसान्त राज खत्री, सरोज लामिछाने, नविन उप्रेति, विधान भण्डारी, आशिस खड्का,सौगात अधिकारी,सरोज तामाङ, कुशल रानाभाट,विकास वटाला र प्रशिक्षकहरुमा लामबावु शेर्पा, छिरिङ जाङ्बु शेर्पा , लाक्पा राण्डु शेर्पा, फुर्वा ग्लेजेन शेर्पा, आङ गेलु शेर्पा, लाक्पा तेन्जी शेर्पा रहेको नेपाल माउण्टेन एकेडेमीले जनाएका छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी