लेस्टर सिटी र लिड्स युनाइटेड इंग्लीश प्रिमियर लिगबाट रेलिगेशनमा

12 July, 2025
196

सप्तकोशी न्यु डेक्स

काठमाडौं । लेष्टर सिटी र लिड्स युनाइटेड इंग्लीश प्रिमियर लिग फुटबलबाट रेलीगेशनमा परेका छ ।

आइतबार राति सम्पन्न प्रिमियर लिगको यो सिजनका अन्तिम खेलहरुपछि लेष्टर सिटी र लिड्स युनाइटेड दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा झरेका छन् । सिजनको अन्तिम खेलमा वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएपनि लेष्टर सिटी शिर्ष डिभिजनमा जोगिन सकेन । लिड्स युनाइटेड भने आफ्नो अन्तिम खेलमा टोटनह्याम हट्सपरसँग ४–१ ले पराजित भएका थिए । आइतबार राति बर्नमाउथलाई १–० ले हराएको एभर्टन भने प्रिमियर डिभजिनमै जोगिएका छ । यसपटक लिड्स र लेष्टरसँगै साउथह्याम्प्टन पनि रेलिगेशनमा परेका छ । आइतबार राति भएका अन्य खेलहरुमा च्याम्पियन म्यान्चेस्टर सिटीलाई ब्रेन्टफोर्डले १–० ले हराउँदा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्सलाई ५–० ले पराजित गरे । यसैगरि चेल्सी र न्युकासल युनाइटेडले १–१ गोलको बराबरी खेल्दा म्यान्चेस्टर युनाइटेडले फुल्हमलाई २–१ ले हराए । लिभरपुलले भने साउथह्याम्प्टनसँग ४–४ गोलको बराबरी खेल्यो ।


TAGS

टिप्पणी