
सप्तकोशी न्युज संवाददाता
नेपालगञ्ज बाँके । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा गतवर्ष चैतमा बोलपत्र आह्वान रहेको जुङ्गे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि गतवर्ष चैतमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्रलगत्तै काम सुरु भए पनि पुनःनिर्माणले गतिलिन सकेको छैन ।
सुरुवाती चरणमा पानी सुकाएर तालमा घाट निर्माण भए पनि निर्माण अघि बढ्न सकेन। जुंगे महादेवको मन्दिर बागेश्वरी तलाउको बीच भागमा रहेको छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइएको हो। मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको जनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जुङ्गे महादेव मन्दिर पुनःनिर्माणका लागि दुई करोड बजेट विनियोजन गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको बताए ।
तलाउको बीचमा रहेको मन्दिरसम्म पुग्न वर्षौँ पहिले बनाइएको प्रवेशमार्ग जीर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । “एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, घाटको काम करिब भइसकेको छ”, नगरप्रमुख विष्टले भने,“नयाँ संरचना निर्माण भएपछि मन्दिरभित्रका घाट क्षेत्र फराकिलो हुनेछ ।”
गतवर्ष निर्माणका लागि पानी सुकाउने क्रममा निर्माण सामग्री फस्ने लगायतका कारणले निर्माणमा ढिलाइ भएको उपमहानगरपालिकाका इञ्जीनीयर सुरज शर्माले बताए । प्राविधिक कारणले विगतमा ढिलाइ भए पनि अहिले निर्माण कम्पनीले काम सुरु गरेको उनको भनाइ छ ।
प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र तालको बीचभागमा रहेको जुङ्गे महादेवको मूर्ति भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रि लगायत विभिन्न चाडपर्वका समयमा भक्तजनको धेरै भीड हुने समयमा दुर्घटनाको जोखिम रहेको थियो ।
पुनः निर्माणमा ढिलाइ हुँदा बागेश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएको भन्दै नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले समयसीमाभित्रै निर्माण सम्पन्न गराउन सम्वद्ध निकायले ध्यान दिनुपर्ने बताए ।
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी