विश्व रक्तदाता दिवस २०८० को अवसरमा व्लड जनचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न

12 July, 2025
187

सप्तकोशी न्युज डेक्स

काठमाडौं । विश्व रक्तदाता दिवस २०८० को उपलक्ष्यमा रक्तदान जनचेतना र्याली तथा प्रभातफेरी कार्यक्रम सफलतापुर्वक सम्पन्न भएका छ । ‘नियामितरुपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमाले गरौं’ भन्ने नाराका साथ ब्लड डोनर्स एसोशियसन नेपाल ९ब्लोदान० र लायन्स क्लवको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएका हो ।

बिहिबार बिहान आयोजना गरिएको उक्त र्‍याली कोटेश्वर प्रहरी प्रभागदेखि सुरु भएर कोटेश्वर महादेव मन्दिरमा पुगेर समापन भएका हो ।

कार्यक्रममा प्रमुख अतिथिमा बाग्मती प्रदेश सभासद सुनिल केसी, विशेष अतिथिहरुमा ब्लोदानका केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापति तथा लायन्स क्लवका डिक्स्ट्रीट गभर्नर डा। राजेन्द्र गिरि रहेका छन् ।

सोही कार्यक्रममा बोल्दै लायन्स क्लवका डिक्स्ट्रीट गभर्नर लायन डा। राजेन्द्र गिरिले लायन्स क्लवले पनि ब्लोदानका क्षेत्रमा रक्तदान जस्तो परोपकारी संस्थासंग सहकार्य गर्दै रक्तदानका कार्यहरु गर्दै आएको तथा आगामी दिनमा पनि गर्दै जाने बताए ।

विशेष अतिथि ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले रक्तदानको संक्षीप्त भूमिका र विश्व रक्तदाता दिवस २०८० का अवसरमा रक्तदानका साताव्यापी कार्यक्रमका बारेमा जानकारी दिए। त्यस्तै, प्रमुख अतिथिमा प्रदेश सभासद सुनिल केसीले आफु स्वयं स्वंयसेवी रक्तदाता भएको र रक्तदानका क्षेत्रमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।

TAGS

टिप्पणी