
सप्तकोशी न्युुज डेक्स
काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सरकारले पुर्याएको सहयोगको प्रशंसा गरेका छ ।
नेपालस्थित पाकिस्तानी राजदुतावासले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न काठमाडौंमा गरेको कार्यक्रममा उहाँले विगतदेखिनै पाकिस्तान सरकारले नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद र सञ्चारजगतमा गरेको सहयोगका प्रशंसा गरे ।
उहाँले नेपाल र पाकिस्तानबीचका सम्बन्ध समधुर रहेको भन्दै छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने र नेपालमा रहँदासमेत छात्रवृत्तिमा पढ्नेको संख्या बढ्दै गएको बताए । उहाँले शिक्षाबाटै मुलुकको आर्थिक विकास सम्भव हुने भन्दै सहयोग निरन्तरताको लागि धन्यवाद ज्ञापन गरेका थिए । नेपालका लागि पाकिस्तानका राजदुत अवहर एच हासमीले नेपालको शिक्षा, स्वास्थ्यलगायत विकासको क्षेत्रमा पाकिस्तान सरकारले सहयोग गरी रहने बताए ।
उहाँले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ रहेको भन्दै छात्रवृत्ति कार्यक्रमले थोरै भए पनि विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल भरका ४३ वटा विद्यालयहरुको प्रतिनिधित्व गर्दे आएका १ सय ९८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी