
सप्तकोशी न्युज संमवाद्दाता
कपिलवस्तु । गाउँपालिका वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय कपिलवस्तुको विजयनगर गाउँपालिकाको चिरई खोलामा पुल नहुँदा विद्यार्थी जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यतामा छन् ।
थरौलीका विद्यार्थी वर्षात र उर्लदो भेलमा पनि जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् । जाडो याममा पनि खोला वारपार गर्ने बाध्यता रहेको दुखेसो विद्यार्थीहरुको छ । छुट्पाटी–थरौलीघाट जोड्ने पुल नहुँदा दालपुर, नौरंगया, छुट्पाटि, खजानिया, उज्ज्वलपुरका बालबालिका जोखिम मोल्नुपर्ने बाध्यतमा रहेको स्थानीयको गुनासो छ ।
पुल नहुँदा बर्खा लागेपछि कतिपय विद्यार्थीहरु कक्षामा उपस्थित हुन नसक्ने अवस्था रहेको छ । खोला तर्दा पाठ्यपुस्तकको झोला भिज्ने र बग्ने गरेको पनि उनीहरुले बताएका छन् । विद्यालयका ५ सय विद्यार्थी मध्य आधा भन्दा बढी विद्यार्थी खोला तरेर मात्रै विद्यालय आउने गरेको प्रधानाध्यापक तुल बहादुर सारुले बताउनुभयो ।
पुलका लागि पटक पटक माग गरेपनि कसैले चासो नदिएको गुनासो स्थानियले गरेका छन् । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पुल बनाउन प्रदेश र केन्द्र सरकारसँग आग्रह गरेको तर सुनुवाई नभएको बताएका छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी