
सप्तकोशी न्युज डेक्स
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
बिहीबार चलाउनेले मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट चलाउनेको खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा चोट लागेरको थियो ।
नेविसंघका कार्यकर्ताविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा लगाइए पछि अघिल्लो सरकारकै पालामा मुद्दा फिर्ताको प्रक्रिया अघि बढाएर अहिले निर्णय लिएको हो । निर्णयविरुद्ध चलाउनेले जिल्ला अदालतमा अनशन बसेको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी