
सप्तकोशी न्युज डेक्स
कैलाली । सरकारले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बनाउन गरेको निर्णय कार्यान्वयनमा नआउदा स्थानीय वासीन्दा आन्दोलित भएका छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिष्ठानका रुपमा अगाडी बढाउँदै तत्काल एक सय बेडको अस्पताल सञ्चालन गरिने उल्लेख गरेपछि यहाँका नागरिक बिरोधमा उत्रिएका हुन् ।
गत फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटामा निर्माण भएका भवनको निरिक्षण गर्दै मन्त्रिपरिषदले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले अब गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन क्याबिनेटले निर्णय गरेर सैद्धान्तिक रुपले अघि बढाएको बताएका थिए । त्यसपछि जेठ ५ गते प्रतिनिधिसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने घोषणा गरे ।
तर, जेठ १५ मा अर्थमन्त्री डा। प्रकाशशरण महतले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने र १ सय शैयाको अस्पताल सञ्चालन गर्ने घोषणा गरे । त्यस लगत्तै यहाँका नागरिकहरु आन्दोलनमा उत्रेका छ ।
प्रधानमन्त्रीले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गछौँ भनेर निर्णय भइसकेको कुरा बजेट बक्तब्यमा उल्टिनुले नियतमाथी शंका देखिएको यहाँका नागरिकहरुको आरोप छ । उनिहरुले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत सरकारले प्रतिष्ठानको कुरा ल्याउनुमा आशंका व्यक्त गरेका छ ।
प्रधानमन्त्रीले क्याबिनेटबाट विश्वविद्यालय बनाउने भनेर गरेको निर्णय अर्थमन्त्रीबाट उल्टिनु जायज नभएको भन्दै सरकारको निर्णय कार्यान्वयन हुनुपर्ने माग यहाँका नागरिकका छ ।
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शान्तिपूर्ण बिरोधका कार्यक्रम गर्दे आएका छ । समितिले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ र दबाबस्वरुप चक्काजामलगायतका बिरोधका कार्यक्रम पनि गर्दे आएका छ ।
समितिले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर सरकारले प्रतिष्ठानका रुपमा अघि बढाउने घोषणा गरेर प्रदेशबासीको चाहनामाथि प्रहार गरेको जनाएका छ । यो विषयमा सबै एकताबद्ध भएर अघि बढ्ने समितिले बताएका छ । सुदूरपश्चिमबासीका माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरिने संघर्ष समितिको चेतावनी छ ।
६ सय शैयाको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित गेटामा निर्माण भएको संरचना साढे दुई वर्षदेखि अलपत्र छ । गेटा मेडिकल कलेज सञ्चालनका लागि २९ वटा संरचना तयार भएको छन् भने ३ वटा निर्माणाधीन छन् ।
तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएका छ । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेका छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी