सीटीईभिटीका तिन जना कर्मचारी बेपता सुनकोशी नदीमा जीप खस्दा

12 July, 2025
205

सप्तकोशी न्युज संवाददाता

विराटनगर । सीटीईभिटीका कर्मचारी बेपता सुनकोशी नदीमा जीप खस्दा जीपमा सवार तिन जना बेपत्ता भएका छ ।  बा १ झ ७४६७ नम्बरको  जीप सुनकोशी नदीमा खस्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभिटीका तिन जना कर्मचारी बेपता भएका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभिटीका कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेका हो ।

चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए ।

TAGS

टिप्पणी